YouTube Link

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ घरबाटै पक्राउ

Facebook Link

काठमाडौं: गत असोज २ गते विद्युतीय कसुरसम्बन्धी अभियोगमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई भक्तपुरको ठिमीस्थित उनकै घरबाट प्रहरीले पक्राउ गरेको हो ।

 

उनलाई काठमाडौंस्थित साइबर ब्यूरो र जिल्ला प्रहरी परिसरको संयुक्त टोलीले पक्राउ गरेको हो । पक्राउ गर्न पुगेको टोलीलाई प्रसाईं र उनका गार्डले अवरोध गरेका थिए । प्रहरीले प्रसाईंलाई पक्राउमा अवरोध गर्ने सुरक्षागार्डलाई पनि नियन्त्रणमा लिएको छ । गत बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्र खनालको इजलाशले मेडिकल व्यवसायी प्रसाईंसहित तीन जनाविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

 

प्रसाईंसँगै युट्युबर जीवन पाण्डे र प्रकाशचन्द्र दाहालविरूद्ध पनि विद्युतीय कारोबार ऐन अनुसारको कसुर गरेको आरोपमा पुर्जी जारी भएको थियो । विद्युतीय कसुरको अभियोगमा काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि प्रसाईले त्यसको दोष प्रधानमन्त्री केपी शर्मा ‌ओलीलाई लगाएका थिए । आफूविरुद्धको पक्राउ पुर्जीलाई प्रसाईंले प्रधानमन्त्री केपी शर्माओलीतिर सोझ्याउँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृसमेत रहेकी टीभी कार्यक्रम प्रस्तोता ज्वाला संग्रौलासम्म घटनाक्रम जोडिएको छ ।

 

गत साउन २० गते उनले दुईजना युट्युबर जीवन पाण्डे र प्रकाशचन्द्र दाहालसँग एउटा आपत्तिजनक अन्तर्वार्ता दिएका थिए । एकजना महिलाको चरित्र हत्या गर्ने गरी प्रसाईंले बोलेका कुराहरू यी दुईजना युट्युबरले जस्ताको तस्तै आफ्नो च्यानलमा प्रस्तुत गरेका थिए । प्रसाईंले प्रकाउ पुर्जी जारी भएका यी दुईजना युट्युबरबारे बुधबार पनि आफ्नो निवासमा पटक-पटक प्रशंसा गरे । यी दुई युट्युबरले नै आफ्नो आन्दोलनलाई यहाँसम्म ल्याउन मद्दत गरेकाले सरकारले उनीहरूसँग पनि रिसइबी साँधेको तर्क उनले गरेका थिए ।

 

प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य संग्रौलाबारे आपत्तिजनक कुरा बोल्दै गत साउन तेस्रो सात सार्वजनिक रुपमा उनको चरित्रहत्या गरेका थिए । ती दुई युट्युबरलाई अन्तर्वार्ता दिने क्रममा उनले ज्वालाले जापानमा वेश्यावृत्ति गरेको जस्तो गम्भीर र आपत्तिजनक लाञ्छना लगाएका थिए । प्रसाईंले त्यसबेला ज्वालाको नाम त लिएनन् । तर उनीसँगकै सन्दर्भ जोड्दै ‘जापानमा वेश्यावृत्ति गर्ने महिला’ को संज्ञा दिएका थिए । यही प्रकरणमा ज्वालाको उजुरीपछि प्रसाईं अनुसन्धानमा तानिएका हुन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

हेर्नुहोस् आज २०८३ साउन ७ गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८३ साउन ७ गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८३ साउन ७ बिहीवार ०७:२९

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...