Health Ad
YouTube Link

एसईई परीक्षामा ७० प्रतिशतसम्म विद्यार्थी उत्तीर्ण हुने गरी देशभरि अनलाइनबाट अध्यापन गराइने घोषणा

Khanepani Dhal
Facebook Link

धुलिखेल: प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १० को आउँदो एसईई परीक्षामा ७० प्रतिशतसम्म विद्यार्थी उत्तीर्ण हुने गरी देशभरि अनलाइनबाट अध्यापन गराइने घोषणा गरेका छन् ।

 

धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको २९औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले अङ्ग्रेजी, गणित, विज्ञानलगायत मुख्य विषयमा केन्द्र सरकारका तर्फबाट अनलाइनका माध्यमबाट विशेष कक्षा चलाउन सम्बन्धित निकायलाई भनिसकेको बताए । ‘५० प्रतिशतको हाराहारीमा मात्रै एसईईमा उत्तीर्ण हुनु विद्यार्थीमाथिको चरम अन्याय हो । यस्तो अवस्था अन्त्य गर्न मैले शिक्षा मन्त्रालय, नेपाल टेलिकमलगायत निकायलाई आवश्यक प्रबन्धका लागि भनिसकेको छु‚’ उनले भने‚ ‘बढी नम्बर दिएर नभई  विद्यार्थीले आफैँ राम्रो लेखेर धेरै उत्तीर्ण गराउने गरी हामीले काम थालिसकेका छौँ । अहिलेको सरकार किन बनेको रहेछ भन्ने कुरा परिणाममा देखाउने गरी हामी काम गर्नेछौँ ।’

 

उनले सरकार देशको समृद्धि र समग्र शिक्षाको सुदृढीकरणका लागि आगामी दिनमा थप स्पष्ट र दृढताकासाथ अघि बढ्ने पनि स्पष्ट गरे। उनले आफूले झापाबाट गत वर्ष अनलाइन कक्षा दिएका कारण विद्यार्थीको नतिजामा सुधार आएको उल्लेख गर्दै यस अभ्यासलाई देशभर विस्तार गर्ने बताए । प्रधानमन्त्री ओलीले विश्वविद्यालयमा विभिन्न सङ्कायमा दीक्षित विद्यार्थीलाई आफूले प्राप्त गरेको ज्ञान शिपको सदुपयोग गर्न तथा समाजका लागि सुयोग्य नागरिक बन्न आग्रह गरे ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति विद्या भट्टराईलगायत उपस्थित कार्यक्रममा समारोहमा विदेशी विद्यार्थीसहित दुई हजार ३ सय १४ विद्यार्थी दीक्षित भएका थिए ।

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो कोपा डेल रेको उपाधि

रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो कोपा डेल रेको उपाधि

वि.सं.२०८२ वैशाख १४ आइतवार १२:५७

एजेन्सी: रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले कोपा डेल रेको उपाधि जितेको...

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” कार्यक्रमका झलकहरु

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” कार्यक्रमका झलकहरु

वि.सं.२०८२ वैशाख १४ आइतवार १२:०६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय...

‘पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ सम्पन्न, ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकारहरुले जित अवार्ड

‘पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ सम्पन्न, ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकारहरुले जित अवार्ड

वि.सं.२०८२ वैशाख १४ आइतवार ११:४७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय...

हेर्नुहोस् आज २०८२ बैशाख १३ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ बैशाख १३ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८२ वैशाख १३ शनिवार ०५:५०

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

शिक्षकको माग सम्बोधन गर्न सरकारलाई दबाब

शिक्षकको माग सम्बोधन गर्न सरकारलाई दबाब

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १६:४५

काठमाडौं: २४ दिनदेखि काठमाडौंमा आन्दोलनरत शिक्षकको माग सम्बोधन गर्न सरकारलाई...

न्यूनतम पारिश्रमिकको माग राखेर चिकित्सकहरू आन्दोलित

न्यूनतम पारिश्रमिकको माग राखेर चिकित्सकहरू आन्दोलित

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १४:५१

काठमाडौं: न्यूनतम पारिश्रमिकको माग राखेर आन्दोलनरत चिकित्सकहरूले शुक्रबार माइतीघरदेखि नयाँ...