YouTube Link

दुप्चेश्वर क्षेत्र विकास कोष र दुप्चेश्वर गाउँपालिकाको संयुक्त आयोजनामा गोसाईकुण्ड सन्ध्या गंगा आरती सम्पन्न

Khanepani Dhal
Facebook Link

नुवाकोटः दुप्चेश्वर क्षेत्र विकास कोष र दुप्चेश्वर गाउँपालिकाको संयुक्त आयोजनामा पहिलो पटक ऐतिहासिक गोसाईकुण्ड सन्ध्या गंगा आरती सम्पन्न भएको छ । सम्भवतः सबैभन्दा धेरै उचाईमा सम्पन्न भएको  सन्ध्या गंगा आरती संसारभरकै ऐतिहसिक यो पहिलो पटक हो । दुप्चेश्वर महादेवको प्राङ्गनमा भने साउन ७ गते सोमबारबाट सन्ध्या गंगा आरती सुरु भएको छ । साथै गोसाईकुण्डको जल दुप्चेश्वर महादेवमा ल्याएर चढाउने धार्मिक मान्यता छ ।

 

 

देवाधिदेव निलकण्ठ महादेवको दिव्य धरा धाम गोसाईकुण्डमा पहिलो पटक आयोजना गरिएको विशेष सन्ध्या गंगा आरतीमा देशविदेशबाट श्रद्धालु भक्तजनहरुको घुँईचो लागेको दुप्चेश्वर सन्ध्या आरती संयोजक रामेश्वर धितालले बताए । यसैगरी दुप्चेश्वर गाउँपालिकाको सहयोग र व्यवस्थापनमा अर्को वर्ष सूर्यकुण्डमा सन्ध्या गंगा आरती गर्ने र त्यसका लागि दर्शनार्थीहरुका लागि खाना बस्नको लागि राम्रो होटल व्यवस्थापन गरिने गाउँपालिका अध्यक्ष शंकर बहादुर थापाले बताए । अन्तर्राष्ट्रिय स्तरमा धार्मिक, पर्यटनमा चिनाउन दुप्चेश्वर हुँदै तालुसम्मको मोटरबाटो व्यवस्थापनमा गाउँपालिकाले सहयोग गर्ने र बाटोमा सिडी बनाउने लगायतका काम गरिने दुप्चेश्वर क्षेत्र विकास कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए ।

 

 

दोस्रो पशुपतिको उपमा पाएको दुप्चेश्वरमा एक मात्र फल माग्दा प्राप्त हुने जनविश्वास रहेको छ । दुप्चेश्वर महादेव मन्दिर नुवाकोट जिल्ला दुप्चेश्वर गाउँपालिकामा अवस्थित प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल पनि हो । पशुपतिनाथको पर्यायको रुपमा परिचित दुप्चेश्वर महादेवको शिवलिङ्ग दुप्चेश्वर गाउँपालिका-६ गोगन चउर र करेजुङबीचको करीव २०० मिटर उचाईको पहरोमा अवस्थित छ । मानव निर्मित नभई प्रकृति प्रदत्त दुप्चेश्वर महादेवलाई हिन्दु, बौद्ध, बोन लगायत धर्मावल्बीहरुले सह-आस्थाका प्रतिकका रुपमा लिईन्छ ।

 

 

पौराणिक कथन अनुसार ४०० वर्षअघि स्थानीय एक तामाङको दुहुनो गाई हराएपछि खोजी गर्दै जाँदा पहरोमा दुध चढाइरहेको भेटिएकाले उक्त ठाउँमा दुग्धेश्वर महादेव रहेको विश्वासमा प्रत्येक वर्ष धान्य पूर्णिमाका दिन विशेष मेला लाग्दै आएको छ । दुप्चेश्वर मन्दिरमा दर्शन गर्न र पूजा गर्न नेपालका धेरै जिल्लाका नागरिकहरू जाने गरेका छन । मन्दिरको विशेष मेलाहरूमा भने नुवाकोट, राजधानी काठमाडौँ, धादिङ, रसुवालगायत मुलुकका विभिन्न जिल्लाबाट भक्तजनको बाक्लो उपस्थित हुने गरेको छ ।

 

 

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
समुह चरणको अन्तिम खेलमा नेपाल र भारत भिड्दै

समुह चरणको अन्तिम खेलमा नेपाल र भारत भिड्दै

वि.सं.२०८२ वैशाख ३० मंगलवार १३:४८

काठमाडौं: भारतमा जारी साफ यु-१९ च्याम्पियनसिप अन्तर्गत आज समुह चरणको...

चौथो उपत्यकाव्यापी क्वान स्तरीय खुल्ला जुनियर उसु प्रतियोगितामा इष्टपोल एकेडेमी टिम प्रथम

चौथो उपत्यकाव्यापी क्वान स्तरीय खुल्ला जुनियर उसु प्रतियोगितामा इष्टपोल एकेडेमी टिम प्रथम

वि.सं.२०८२ वैशाख ३० मंगलवार १३:२७

काठमाडौं: जोरपाटी उसु क्वानको आयोजना तथा गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा...

‘जत्तुकु मुबा, आङीला जामे’ को नयाँ म्यूजिक भिडियो सार्वजनिक

‘जत्तुकु मुबा, आङीला जामे’ को नयाँ म्यूजिक भिडियो सार्वजनिक

वि.सं.२०८२ वैशाख २८ आइतवार १६:२२

काठमाडौं: तामाङ सांगीतिक इतिहासमा विशेष स्थान ओगटेको कालजयी गीत ‘जत्तुकु...

नेपालले पहिलो खेल श्रीलंकासँग खेल्दै

नेपालले पहिलो खेल श्रीलंकासँग खेल्दै

वि.सं.२०८२ वैशाख २८ आइतवार ११:१२

काठमाडौं: नेपालले साफ यु-१९ च्याम्पियनसिपको पहिलो खेल श्रीलंकासँग खेल्दैछ ।...

आज नीति तथा कार्यक्रम पारित हुँदै, संसदमा प्रधानमन्त्रीले जवाफ दिने

आज नीति तथा कार्यक्रम पारित हुँदै, संसदमा प्रधानमन्त्रीले जवाफ दिने

वि.सं.२०८२ वैशाख २८ आइतवार ०८:२६

काठमाडौं: प्रतिनिधिसभाको बैठकमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक...

पाकिस्तानद्वारा भारतका ११ शहरमा ड्रोन र मिसाइल आक्रमण

पाकिस्तानद्वारा भारतका ११ शहरमा ड्रोन र मिसाइल आक्रमण

वि.सं.२०८२ वैशाख २६ शुक्रवार ०९:२१

एजेन्सी: भारतीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानले लगातार दोस्रो दिन बिहीबार पनि...