YouTube Link

दुप्चेश्वर क्षेत्र विकास कोष र दुप्चेश्वर गाउँपालिकाको संयुक्त आयोजनामा गोसाईकुण्ड सन्ध्या गंगा आरती सम्पन्न

Facebook Link

नुवाकोटः दुप्चेश्वर क्षेत्र विकास कोष र दुप्चेश्वर गाउँपालिकाको संयुक्त आयोजनामा पहिलो पटक ऐतिहासिक गोसाईकुण्ड सन्ध्या गंगा आरती सम्पन्न भएको छ । सम्भवतः सबैभन्दा धेरै उचाईमा सम्पन्न भएको  सन्ध्या गंगा आरती संसारभरकै ऐतिहसिक यो पहिलो पटक हो । दुप्चेश्वर महादेवको प्राङ्गनमा भने साउन ७ गते सोमबारबाट सन्ध्या गंगा आरती सुरु भएको छ । साथै गोसाईकुण्डको जल दुप्चेश्वर महादेवमा ल्याएर चढाउने धार्मिक मान्यता छ ।

 

 

देवाधिदेव निलकण्ठ महादेवको दिव्य धरा धाम गोसाईकुण्डमा पहिलो पटक आयोजना गरिएको विशेष सन्ध्या गंगा आरतीमा देशविदेशबाट श्रद्धालु भक्तजनहरुको घुँईचो लागेको दुप्चेश्वर सन्ध्या आरती संयोजक रामेश्वर धितालले बताए । यसैगरी दुप्चेश्वर गाउँपालिकाको सहयोग र व्यवस्थापनमा अर्को वर्ष सूर्यकुण्डमा सन्ध्या गंगा आरती गर्ने र त्यसका लागि दर्शनार्थीहरुका लागि खाना बस्नको लागि राम्रो होटल व्यवस्थापन गरिने गाउँपालिका अध्यक्ष शंकर बहादुर थापाले बताए । अन्तर्राष्ट्रिय स्तरमा धार्मिक, पर्यटनमा चिनाउन दुप्चेश्वर हुँदै तालुसम्मको मोटरबाटो व्यवस्थापनमा गाउँपालिकाले सहयोग गर्ने र बाटोमा सिडी बनाउने लगायतका काम गरिने दुप्चेश्वर क्षेत्र विकास कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए ।

 

 

दोस्रो पशुपतिको उपमा पाएको दुप्चेश्वरमा एक मात्र फल माग्दा प्राप्त हुने जनविश्वास रहेको छ । दुप्चेश्वर महादेव मन्दिर नुवाकोट जिल्ला दुप्चेश्वर गाउँपालिकामा अवस्थित प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल पनि हो । पशुपतिनाथको पर्यायको रुपमा परिचित दुप्चेश्वर महादेवको शिवलिङ्ग दुप्चेश्वर गाउँपालिका-६ गोगन चउर र करेजुङबीचको करीव २०० मिटर उचाईको पहरोमा अवस्थित छ । मानव निर्मित नभई प्रकृति प्रदत्त दुप्चेश्वर महादेवलाई हिन्दु, बौद्ध, बोन लगायत धर्मावल्बीहरुले सह-आस्थाका प्रतिकका रुपमा लिईन्छ ।

 

 

पौराणिक कथन अनुसार ४०० वर्षअघि स्थानीय एक तामाङको दुहुनो गाई हराएपछि खोजी गर्दै जाँदा पहरोमा दुध चढाइरहेको भेटिएकाले उक्त ठाउँमा दुग्धेश्वर महादेव रहेको विश्वासमा प्रत्येक वर्ष धान्य पूर्णिमाका दिन विशेष मेला लाग्दै आएको छ । दुप्चेश्वर मन्दिरमा दर्शन गर्न र पूजा गर्न नेपालका धेरै जिल्लाका नागरिकहरू जाने गरेका छन । मन्दिरको विशेष मेलाहरूमा भने नुवाकोट, राजधानी काठमाडौँ, धादिङ, रसुवालगायत मुलुकका विभिन्न जिल्लाबाट भक्तजनको बाक्लो उपस्थित हुने गरेको छ ।

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...