बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थी स्वदेश फर्किए
वि.सं.२०८१ साउन ६ आइतवार १३:०७
462
sharesकाठमाडौं: बंगलादेशमा आरक्षण कोटाको विरोधमा आन्दोलन चर्किँदै गएपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरू स्वदेश फर्किएका छन् । जारी तनावका कारण करिब ८०० जना नेपाली विद्यार्थी स्वदेश फर्किसकेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
बंगलादेशमा सरकारी सेवामा रहेको कोटा प्रणाली खारेजीको माग गर्दै भएको आन्दोलनका कारण समस्या उत्पन्न भएको छ । आन्दोलनमा ३५ जनाको मृत्यु भइसकेको छ । आन्दोलन थप हिंस्रक बन्दै गएपछि बंगलादेश सरकारले शनिबारदेखि देशभर कर्फ्यु आदेश जारी गरेको छ ।
वि.सं.२०८१ साउन ६ आइतवार १३:०७