YouTube Link

सम्भावित पर्यटकीय गन्तव्य विकासका लागि मन्थली नगरपालिकाको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

Facebook Link

 

काठमाडौं: रामेछापको मन्थली नगरपालिकाले समग्र नगरभित्रका सम्भावित गन्तव्यहरुलाई देशकै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सरोकारवालासँग अन्तरक्रिया गरेको छ । पर्यटनसँग सम्बन्धित बिभिन्न व्याक्तित्वहरुको उपस्थितिमा र रामेछापका सम्बन्धित जनप्रतिनिधिहरुको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

 

सस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्री हित बहादुर तामाङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा मन्थली नगरपालिकाभित्र रहेका र आसपासका स्थानीय पालिकाहरुमा समेत सम्भावित पर्यटनकीय क्षेत्रको बारेमा बृत्तचित्र देखाइएको थियो । कार्यक्रमलाई नेपालप्रेस डटकमका प्रधान सम्पादक मातृका पौडेलले सहजीकरण गरेका थिए भने कार्यक्रममा पर्यटन क्षेत्रमा रहेर विभिन्न पेसा व्यवसायमा आवद्ध व्यक्तिहरुले पर्यटकहरुलाई आकर्षित गराउन सम्भावित क्षेत्रहरुको वर्णन गर्दै आ-आफ्नो धारणा राखेका थिए । कार्यक्रममा अधिकांश सहभागी वक्ताहरुले भौतिक संरचना सहित हवाईमार्ग र खाना बस्न होटलको बारेमा चर्चा गर्दै यसका लागि सरकारले नीतिगत रुपमा अवधारणा ल्याउनुपर्नेमा जोड दिएका थिए ।

 

सम्भवत पर्यटन विकासका लागि पहिलो पटक आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा बागमती प्रदेश मन्त्री सस्कृति पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्रमान बज्रचार्य, बागमती प्रदेश सभासद आनन्द कुमार श्रेष्ठ, युवाराज चौलागाई, तारा नारायण श्रेष्ठ, माया कार्की, पूर्व संसद श्याम कुमार श्रेष्ठ, नेपाल पर्यटन वोर्डका कार्यकारी उपाध्यक्ष कमल सापकोटा, ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपालका अध्यक्ष निलहरि बास्तोला, पूर्व पर्यटन बोर्ड सदस्य राजेन्द्र सापकोटा, पर्यटन व्यवसायी सरिता लामा, प्याराग्लाइडिङ तथा साहासी रयाफ्टिङ प्रशिक्षक सानुबाबु सुनुवार, पर्वतारोही प्रकाश पाण्डे, पर्यटन व्यवसायी राधाकृष्ण थापा लगायतको उपस्थिति रहेको कार्यक्रममा मन्थली नगरपालिकाका मेयर लव श्रेष्ठले उपस्थित सबैलाई धन्यवाद व्यक्त गरे ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...