राष्ट्रिय फोटो पत्रकार समूहको भित्तेपात्रो २०८१ विमोचन
वि.सं.२०८० चैत १४ बुधवार ०६:२९
894
shares
काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपिजे) को वार्षिक भित्तेपात्रो २०८१ (क्यालेण्डर) विमोचन गरिएको छन् । संस्थाले मंगलबार सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) जमलमा उपसभामुख इन्दिरा रानामगर र राज्यव्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडा लगायत संस्थाका पूर्व अध्यक्ष तथा पदाधिकारीहरूको हातबाट भित्तेपात्रो विमोचन गरिएको हो ।
कार्यक्रममा राष्ट्रिय फोटो पत्रकार समूहका पूर्व अध्यक्ष तथा सल्लाहकार अध्यक्ष मीनरत्न बज्राचार्य, राजभाइ सुवाल, कविन्द्रमान शाक्य, एनएफपिजे बागमती प्रदेश अध्यक्ष नारायण सिलवाल लगायत संस्थाका सदस्यहरुको उपस्थिति रहेको थियो ।
वि.सं.२०८० चैत १४ बुधवार ०६:२९