कांग्रेस रामेछाप-काठमाडौं सम्पर्क समिति सभापति श्रेष्ठको निधन
वि.सं.२०८० पुस ११ बुधवार ०९:०२
4.1K
shares
काठमाडौं: नेपाली कांग्रेस रामेछाप-काठमाडौं सम्पर्क समितिका सभापति राजनारायण श्रेष्ठको निधन भएको छ । श्रेष्ठको मंगलबार राती हृदयघातबाट निधन भएको पारिवारिक स्रोतबाट बुझिएको छ ।
खाँडादेवी गाउँपालिका पकरबास घर भएका नेता श्रेष्ठ काठमाडौं बस्दै आएका थिए । नेपाल विद्यार्थी संघ (नेविसंघ)देखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै पार्टीलाई जनताको सेवा, विकास निर्माण र अवस्था परिवर्तनमा लाग्न प्रेरित गर्दै आएका सभापति श्रेष्ठ विभिन्न सामाजिक तथा व्यवसायिक क्षेत्रमा समेत क्रियाशील थिए । श्रेष्ठ दुई पटक नेपाली कांग्रेस जिल्ला कार्यसमिति रामेछापको सदस्यमा निर्वाचित भएका थिए ।
सम्पर्क समितिलाई चलायमान र सक्रिय बनाउँदै आएका श्रेष्ठको शव अहिले किस्ट अस्पतालमा राखिएको छ । पौष १२ गते बिहीबार पशुपतिनाथ आर्यघाटमा अन्तिम दहासंस्कर गरिने तय भएको छ । श्रेष्ठको परिवारमा श्रीमती, ४ छोरी र एक छोरा छन् ।
वि.सं.२०८० पुस ११ बुधवार ०९:०२




















