YouTube Link

किराँत समुदायले उधौली पर्व मनाईदै, आजै धान्यपूर्णिमा र योमरी पुन्हि पर्व, सरकाले दियो सार्वजानिक बिदा

Khanepani Dhal
Facebook Link

 

काठमाडौं: किराँत समुदायको महान् पर्व उधौली पर्व आज धुमधामका साथ मनाईदै छ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाईने यो पर्व तिथिका कारण यो वर्ष पौष महिनामा परेको छ । आज याक्खाको चासुवा, सुनुवारको स्याँदर, राईको उधौली सकेला र लिम्बूहरूको चासोक तङ्नाम धुमधामसँग मनाइँदैछ ।

 

किरात समुदायले आफुले लगाएको अन्नबाली पाकेपछि आफ्नो इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई याक्खाले चासुवा, सुनुवारले स्याँदर, राईले उधौली सकेला र लिम्बूहरूले चासोक तङ्नाम भन्ने गर्दछन् ।

 

बाली लगाउने बेलामा भने किराँत जातिमा उभौँली पर्व मनाइने प्रचलन छ । किरातीहरु भूमि पूजाका लागि बिहानैदेखि महिला तथा पुरुष जातीय वेषभूषामा सजिएर ढोल-झ्याम्टा र च्याब्रुङ बाजाको तालमा धान नाच नाच्दै पर्व मनाउने स्थानमा पुग्छन् । पर्व र रीतिरिवाज एउटै भए पनि आ–आफ्नो भाषा अनुसार पर्वलाई पुकार्ने चलन छ ।

 

ललितपुरस्थित सानो हात्तीवनमा किराँतकालदेखिको ऐतिहासिक धार्मिक तीर्थस्थलको रुपमा मानिन्छ । किराँतको ऐतिहासिक पवित्र धार्मिकस्थल सानो हात्तीवनमा आज किराँत चाड विशेष रुपमा मनाइन्छ । पूजापछि आ–आफ्नो परम्परा अनुसार चण्डीनाच, च्याब्रङनाच, ढोल नाच लगायतका नाच नाचेर मनोरञ्जन गर्छन् । पर्व मनाउन त्यहाँ भेला भएका किराँतले आफ्नो परम्परगत सांस्कृतिक कार्यक्रम र विभिन्न खेलकूद प्रतियोगिता पनि आयोजना गर्ने परम्परा छ ।

 

वैशाख पूर्णिमामा उभौली पूजा गरेका किराँतले आज उधौली पूजा गरेपछि माथिबाट तल झर्ने गर्छन् । उभौलीमा खेतीपाती राम्रो होस् भनी पूजा गर्ने र उधौलीमा खेतीपाती राम्रो गरेकामा साकेला (भूमे) लाई धन्यवाद दिने पर्वका रुपमा मनाउने गरिन्छ । पितृको मान र प्रकृतिको सम्मानका रुपमा दुवै पर्वलाई किराँतले मनाउने गर्दछन् ।

 

धान्यपूर्णिमा पर्वः

धानको विधिपूर्वक पूजाआजा एवं दान गरि आज धान्यपूर्णिमा पर्व मनाइँदै छ । मंसिरमा धान भित्र्याएपछि गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा छ । कतिपय समुदायले भने यसैदिन कूल परम्परा अनुसार दिवाली वा कुलदेवताको पूजा आराधना गरि धान्य पूर्णिमा पर्व मनाउँछन् ।

 

Photo: Google

 

योमरी पुन्हि पर्वः

नयाँ धान भित्र्याएको खुशीयालीमा नेवार समुदायले योमरी पूर्णिमा हर्षोल्लासका साथ मनाउँदैछन् । योमरी पूर्णिमालाई योमरी पुन्हि पनि भनिन्छ । योमरी नयाँ धानबाट बनेको चामलको पीठो, चाकु र तिलबाट बनाइन्छ । यो पर्वलाई नेवार समुदायले नवअन्नप्राशनका रुपमा समेत मनाउने गर्दछन् । योमरीमा दूधबाट बनेको खुवा र चाकु तथा तिलसमेत राखेर डल्लो बनाइन्छ ।

 

Photo: Google

 

नेवार समुदायले धान राख्ने भकारी वा कोठीमा पनि पूजा आराधना गरेर योमरी पूर्णिमा मनाउँछन् । गर्भवती भएका चेलीबेटीलाई गर्भमै बालकको पूर्ण स्वास्थ्यको कामना गर्दै माइतीबाट उनीहरूको घरमा तिल र चाकु भरिएको योमरी सगुन भनेर उपहार पठाउने चलन पनि छ ।

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
यी हुन प्रधानमन्त्री ओलीसहित चीन जाने ४३ जनाको टोली

यी हुन प्रधानमन्त्री ओलीसहित चीन जाने ४३ जनाको टोली

वि.सं.२०८१ मंसिर १७ सोमवार ०९:४३

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीसहित भ्रमण टोलीका ४४ जना चीन...

स्थानीय तह उपनिर्वाचनमा कुन दलका कति र कहाँ-कहाँ विजयी ?

स्थानीय तह उपनिर्वाचनमा कुन दलका कति र कहाँ-कहाँ विजयी ?

वि.सं.२०८१ मंसिर १७ सोमवार ०८:५६

काठमाडौं: आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनको मतगणना जारी छ ।...

प्रधानमन्त्री केपी शर्मा ओली आज चीनको औपचारिक भ्रमणमा जाँदै

प्रधानमन्त्री केपी शर्मा ओली आज चीनको औपचारिक भ्रमणमा जाँदै

वि.सं.२०८१ मंसिर १७ सोमवार ०८:३३

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली आज चीनको औपचारिक भ्रमणमा जाँदै...

एनपिएलमा आज दुई खेलहरु हुँदै, पहिलो खेल काठमाडौं र चितवन तथा दोस्रो खेलमा कर्णाली र जनकपुर खेल्दै

एनपिएलमा आज दुई खेलहरु हुँदै, पहिलो खेल काठमाडौं र चितवन तथा दोस्रो खेलमा कर्णाली र जनकपुर खेल्दै

वि.सं.२०८१ मंसिर १७ सोमवार ०८:१३

काठमाडौं: कीर्तिपुरस्थित टियु मैदानमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग...

कहाँ-कहाँ हुँदैछ मतदान ?

कहाँ-कहाँ हुँदैछ मतदान ?

वि.सं.२०८१ मंसिर १६ आइतवार १०:०३

काठमाडौं: स्थानीय तहमा रिक्त ४१ सदस्य चयन गर्न आज मतदान...

नेपाल प्रिमियर लिग (एनपीएल) आजबाट, उदघाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स भिड्ने

नेपाल प्रिमियर लिग (एनपीएल) आजबाट, उदघाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स भिड्ने

वि.सं.२०८१ मंसिर १५ शनिवार ०८:०२

काठमाडौं: नेपाली क्रिकेटको सबैभन्दा प्रतिक्षा गरिएको प्रतियोगिता सिद्धार्थ बैंक नेपाल...