Rajshow Bivag

राष्ट्रिय फोटो पत्रकार समूह नेपाल बागमती प्रदेशको दोस्रो अधिवेशन सम्पन्न, पुनः सिलवालको अध्यक्षतामा नयाँ नेतृत्व चयन

Departmant of helth services

धादिङ: राष्ट्रिय फोटो पत्रकार समूह नेपाल बागमती प्रदेशको दोस्रो अधिवेशन सम्पन्न भएको छ । नारायण सिलवालको अध्यक्षता र त्रिपुरासुन्दरी गाउँपालिकाको अध्यक्ष राजु उप्रेतीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सर्वसम्मत पुनः नारायण सिलवालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।

 

बुधबार धादिङको सल्यानटारमा सम्पन्न प्रदेश समितिको दोस्रो अधिवेशनले उपाध्यक्षमा नुवाकोटका राजेन्द्र गजुरेल, सचिवमा रामेछापका कुमार श्रेष्ठ, कोषाध्यक्षमा मकवानपुरका धर्मेन्द्र दाहाल, सहसचिवमा नुवाकोटकी केरिना शाक्य सर्वसम्मत चयन भएका छन् ।

 

प्रदेश समितिको सदस्यहरूमा रामेछापका राज लोहनी, धादिङका सन्तोष श्रेष्ठ, चितवनका होमनाथ सापकोटा, सिन्धुलीकी अनु परियार, सिन्धुलीकै उद्धव श्रेष्ठ चयन भएका छन् ।

 

 

त्यसैगरी फोटो पत्रकार समूह धादिङ जिल्ला शाखाको अधिवेशनले पनि सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ । धादिङ जिल्ला शाखाको अध्यक्षमा मनिष दुवाडी सर्वसम्मत  निर्वाचित भएका छन् ।  धादिङ जिल्ला शाखाको तेस्रो अधिवेशनले अध्यक्ष श्रेष्ठसहित उपाध्यक्षमा अनिल नेपाली, सचिवमा शिवराज आचार्य, सह–सचिवमा सीता सापकोटा(शीतल) र कोषाध्यक्षमा गजेन्द्र तामाङ निर्वाचित भएका छन् । सदस्यहरूमा मनिष श्रेष्ठ, बिनोद तमु, दिलिप श्रेष्ठ र प्रभु खड्का चयन भएका छन् ।

 

उक्त कार्यक्रममा राष्ट्रिय फोटो पत्रकार समूह नेपालका केन्द्रिय समितिका पदाधिकारी सहित कार्य समितिका सदस्यहरू, बागमती प्रदेशका विभिन्न जिल्लाका प्रतिनिधीहरु, विभिन्न पत्रकार संगठनका प्रमुख तथा पत्रकारहरु, त्रिपुरासुन्दरी गाउँपालिकाका उपाअध्यक्ष सहित पाँच दर्जन भन्दा बढीको सहभागिता रहेको थियो ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
हेर्नुहोस् आज २०८१ बैशाख २१ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख २१ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४४

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन सुरु, इतिहासले सम्झिने गरी कैयन् साहसिक र जनपक्षीय कामहरू भएका छन्: प्रधानमन्त्री प्रचण्ड

नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन सुरु, इतिहासले सम्झिने गरी कैयन् साहसिक र जनपक्षीय कामहरू भएका छन्: प्रधानमन्त्री प्रचण्ड

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:०१

  काठमाडौं: नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन काठमाडौंको राष्ट्रिय सभागृहमा...

आज ३१औँ  विश्व प्रेस स्वतन्त्रता दिवस, विविध कार्यक्रम गरी मनाईदै

आज ३१औँ  विश्व प्रेस स्वतन्त्रता दिवस, विविध कार्यक्रम गरी मनाईदै

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:५६

  काठमाडौं: आज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि...

हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख २० बिहीवार ०५:२४

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:५२

  काठमाडौं: टी-२० सिरिजको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’...

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:१८

  काठमाडौं: फोटो पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समुह...