सामाजिक सञ्जालमार्फत मार्फत यौन व्यवसाय सञ्चालन गरेको आरोपमा २ जना पक्राउ
वि.सं.२०८० मंसिर १८ सोमवार १५:२२
काठमाडौं: उपत्यकाका विभिन्न स्थानमा सामाजिक सञ्जालमार्फत यौन व्यवसाय सञ्चालन गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको भुलुम गाउँपालिका –४ घर भइ हाल काठमाडौंको लाजिम्पाट बस्ने वर्ष २७ को सुरेश कुमार श्रेष्ठ र काठमाडौंको कलंकीका २७ वर्षीय सुरज खड्का रहेका छन् । पक्राउ परेका उनीहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
वि.सं.२०८० मंसिर १८ सोमवार १५:२२