YouTube Link

समृद्धिका लागि एमालेको संकल्प यात्रा

Facebook Link

काठमाडौं: प्रमुख प्रतिपक्षी नेकपा एमालेले मुलुकमा देखिएको अराजक क्रियाकलापलाई गठबन्धन सरकारले नै बढावा दिइरहेको भन्दै आपत्ति जनाएको छ ।

बुधबार पार्टी कार्यालय च्यासलमा बसेको एमाले केन्द्रीय कमिटी बैठकले मुलुकको परितर्वनलाई चूनौती दिने र जातीय र धार्मिक सहिष्णुतामा खलल पार्ने जस्ता अराजक क्रियाकलापलाई नियन्त्रण गर्नुको साटो गठबन्धन सरकारले बढावा दिइरहेको भन्दै आपत्ति जनाएको हो ।

बैठकले लोकतान्त्रिक गणतन्त्रकाविरूद्ध भइरहेका अराजक क्रियाकलापहरूको निन्दा गर्दै लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि दृढ सङ्कल्प गरेको एमाले जनाएको छ । त्यस्तै बैठकले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपछि राहत वितरणलाई राजनीतिक प्रचारबाजी नाफाघाटाको सौदाबाजीको विषय बनाइएको भन्दै आपत्ति प्रकट गरेको छ ।

भूकम्पपिडित पीडितहरूको पुनर्स्थापनाका लागि ठोस कार्ययोजनासहित अविलम्ब काम थाल्न र अस्थायी आवास तथा न्यानो कपडा उपलब्ध गराएर भूकम्पपीडित नागरिकको जीवन रक्षा गर्न बैठकले सरकारसँग माग गरेको छ । त्यस्तै बैठकले मंसिर १४ देखि तीन हप्तासम्म चल्ने मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियानको सम्पूर्ण तालिकालाई पारित गरेको छ । अभियानको मंसिर १४ गते बैतडीको झुलाघाटमा पार्टी अध्यक्ष केपी ओलीले शुभारम्भ गर्ने र पाँचथरको चिवाभञ्ज्याङमा समापन हुने कार्ययोजना बैठकले पारित गरेको छ ।

एमालेले मध्यपहाडी लोकमार्ग अभियानअन्तर्गत दार्चुलाको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्रा गर्न लागेको हो । त्यस्तै एमालेले युवा संघले बिहीबार गर्न लागेको कार्यक्रमलाई सभ्य ढंगले सम्पन्न गर्न निर्देशन दिएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...