Rajshow Bivag

सञ्जय भण्डारीविरुद्ध आजीवन काराबास सजायको माग

Departmant of helth services

 

काठमाडौं: सरकारी वकिलको कार्यालयले तीनकुने सामूहिक हत्या प्रकरणका मुख्य अभियुक्त सञ्जय भण्डारीविरूद्ध आजीवन काराबासको सजाय माग गर्दै मुद्दा दायर भएको छ ।

 

काठमाडौंको तीनकुनेस्थित दिव्य समिलमा भएको सामूहिक हत्याको अनुसन्धान सकेर बुधबार प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो । प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदन अनुसार सरकारी वकिलको कार्यालयले शुक्रबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । सरकारी वकिलको कार्यालयले दायर गरेको मुद्दामा अभियुक्तलाई जीवित रहेसम्म कैद हुनेगरी जन्मकैदको सजाय मागदाबी गरिएको छ ।

 

‘प्रतिवादीले मृतकहरू ४ जनालाई क्रुर तथा अमानवीय तवरबाट निर्ममतापूर्वक ज्यान मारेको हुँदा नीज प्रतिवादीले मुलुकी अपराध संहिता २०७४ को दफा ४१ (क) बमोजि निर्ममतापूर्वक हत्या गरेको ठहर गरी सोही दफा ४१(क) बमोजिम नीज प्रतिवादीलाई जीवित रहेसम्म कैद हुनेगरी  जन्मकैदको सजायको माग‍ गरी अभियोगपत्र पेश गरिएको छ,’ अभियोगपत्रमा भनिएको छ ।

 

सञ्जयले भदौ ३० गते श्री दिव्य स:मिल तथा काष्ठ उद्योगमा नवीन भनिने विशाल राई, दोलखाका कुमार भनिने पूर्णबहादुर भुजेल, उनकी पत्नी अम्बिका भुजेल र आमा शुभद्रा भुजेलको हत्या गरेका थिए । प्रहरीसँगको बयानमा सञ्जयले आफू नवीनको हत्या गर्न तीनकुने गएको तर हत्या गर्दै गर्दा अन्य व्यक्तिहरूले पनि देखेपछि उनीहरूको पनि हत्या गरेको बयान दिएका थिए ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:५१

  काठमाडौं: प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहीबार बैठक शुरु...

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:२६

  काठमाडौं: नेपालले आईसीसी टी–२० विश्वकपअघि अमेरिका र क्यानडासँग वामअर्प...

हेर्नुहोस् आज २०८१ जेठ ४ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ ४ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:३३

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...

अन्तर्राष्ट्रिय फुटबलबाट सुनील क्षेत्रीको सन्यास घोषणा

अन्तर्राष्ट्रिय फुटबलबाट सुनील क्षेत्रीको सन्यास घोषणा

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:२७

  काठमाडौं: नेपाली मूलका भारतीय फुटबल खेलाडी सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय...

३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीमा नेपालकी श्रेया गिरी

३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीमा नेपालकी श्रेया गिरी

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:१२

  काठमाडौं: नेपालकी श्रेया गिरी फोर्ब्स म्यागेजिनको ३० वर्ष मुनिका...

यस्तो छ आज बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची

यस्तो छ आज बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:५४

  काठमाडौं: सङ्घीय संसद् सचिवालयले आज बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित...