YouTube Link

सञ्जय भण्डारीविरुद्ध आजीवन काराबास सजायको माग

Facebook Link

 

काठमाडौं: सरकारी वकिलको कार्यालयले तीनकुने सामूहिक हत्या प्रकरणका मुख्य अभियुक्त सञ्जय भण्डारीविरूद्ध आजीवन काराबासको सजाय माग गर्दै मुद्दा दायर भएको छ ।

 

काठमाडौंको तीनकुनेस्थित दिव्य समिलमा भएको सामूहिक हत्याको अनुसन्धान सकेर बुधबार प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो । प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदन अनुसार सरकारी वकिलको कार्यालयले शुक्रबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । सरकारी वकिलको कार्यालयले दायर गरेको मुद्दामा अभियुक्तलाई जीवित रहेसम्म कैद हुनेगरी जन्मकैदको सजाय मागदाबी गरिएको छ ।

 

‘प्रतिवादीले मृतकहरू ४ जनालाई क्रुर तथा अमानवीय तवरबाट निर्ममतापूर्वक ज्यान मारेको हुँदा नीज प्रतिवादीले मुलुकी अपराध संहिता २०७४ को दफा ४१ (क) बमोजि निर्ममतापूर्वक हत्या गरेको ठहर गरी सोही दफा ४१(क) बमोजिम नीज प्रतिवादीलाई जीवित रहेसम्म कैद हुनेगरी  जन्मकैदको सजायको माग‍ गरी अभियोगपत्र पेश गरिएको छ,’ अभियोगपत्रमा भनिएको छ ।

 

सञ्जयले भदौ ३० गते श्री दिव्य स:मिल तथा काष्ठ उद्योगमा नवीन भनिने विशाल राई, दोलखाका कुमार भनिने पूर्णबहादुर भुजेल, उनकी पत्नी अम्बिका भुजेल र आमा शुभद्रा भुजेलको हत्या गरेका थिए । प्रहरीसँगको बयानमा सञ्जयले आफू नवीनको हत्या गर्न तीनकुने गएको तर हत्या गर्दै गर्दा अन्य व्यक्तिहरूले पनि देखेपछि उनीहरूको पनि हत्या गरेको बयान दिएका थिए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...