नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै
वि.सं.२०८० असोज ४ बिहीवार १०:१२
2.3K
shares
काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पार्टी केन्द्रीय कार्यालयमा आज दिउँसो १ बजे बस्ने कांग्रेस सचिवालयले जनाएको छ ।
बैठकमा समसामयिक राजनीति, पार्टीको आन्तरिक संरचनालगायत विषयमा छलफल हुनेछ । बैठकले महासमिति बैठकको एजेन्डा तय गर्नेछ । कांग्रेसले आगामी मंसिर १३, १४ र १५ गतेका लागि महासमिति बैठक बोलाएको छ ।
वि.सं.२०८० असोज ४ बिहीवार १०:१२




















