YouTube Link

आन्दोलनरत शिक्षक र सरकारबीच वार्ता, आन्दोलनलाई मर्यादित बनाउन शिक्षकहरुलाई गृहमन्त्री श्रेष्ठको आग्रह

Facebook Link

 

काठमाडौं: संसद्‌मा दर्ता शिक्षा विधेयकविरुद्ध काठमाडौंमा आन्दोलनरत शिक्षक र सरकारबीच गृहमन्त्रीकै कार्यकक्ष (सिंहदरबार) मा वार्ता भएको छ ।

 

उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र शिक्षामन्त्री अशोक कुमार राईसहित शिक्षकका प्रतिनिधिहरुसँग आज बिहान भएको छलफल सकारात्मक भएको दावी सहभागीहरुले गरेका छन् ।

 

उनीहरुबीच शिक्षकहरुको आन्दोलनलाई मर्यादित बनाउने र छिट्टै औपचारिक वार्तामा बस्ने सहमति भएको छ । गृहमन्त्री श्रेष्ठका प्रेस संयोजक कमल गिरीका अनुसार वार्ता सकारात्मक रूपले अघि बढेको छ । ‘पुनः छलफलमा बस्नेगरी बिहानको वार्ता सकिएको छ’, उनले भने ।

 

उनका अनुसार वार्ता बिहान ८ बजेदेखि ९ बजेसम्म चलेको थियो । ‘वार्ता प्रक्रिया अघि बढेकाले छिट्टै निष्कर्षमा पुग्छ’, उनले भने । वार्तामा सरकारका तर्फबाट गृहमन्त्री श्रेष्ठ, शिक्षामन्त्री अशोक राई र शिक्षा सचिव सुरेश अधिकारी सहभागी भएका थिए भने आन्दोलनरत पक्षबाट नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरसहित नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन, अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष तथा प्रतिनिधि सहभागी थिए ।

 

वार्ताका क्रममा गृहमन्त्री श्रेष्ठले सकारात्मक माग सम्बोधन हुने विश्वास दिलाउँदै शिक्षकहरूलाई पढाइ नरोक्न आग्रह गरेका थिए ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...