नेपाली कांग्रेस नेता शेखर कोइराला समूहको बैठक बस्दै
वि.सं.२०८० असोज २ मंगलवार ०९:११
2.2K
shares
काठमाडौं: नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहको बैठक आज बस्दै छ । बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र १४औँ महाधिवेशनमा महामन्त्रीका प्रत्यासी प्रदीप पौडेललाई पनि बोलाइएको छ ।
बैठक कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा दिउँसो २ बजे बस्ने जनाईएको छ । पार्टीको १४औँ महाधिवेशनमा शर्मा प्रकाशमान सिंहको टिमबाट महामन्त्री बनेका थिए भने पौडेल देउवा समूहबाट महामन्त्रीको उम्मेदवार बनेका थिए ।
बिहीबारदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकअघि बस्न लागेको कोइराला समूहको बैठकलाई महत्वका साथ हेरिएको छ । बैठकमा केन्द्रीय समिति बैठक, समूहको गतिविधि, रूपान्तरण अभियानलगायत विषयमा छलफल हुने बताईएको छ ।
वि.सं.२०८० असोज २ मंगलवार ०९:११




















