YouTube Link

एसिसी यू-१९ प्रिमियर कपको पहिलो खेलमा नेपालले इरानसँग खेल्ने

Facebook Link

 

काठमाडौं: एसिसी यू-१९ प्रिमियर कपको पहिलो खेलमा नेपालले इरानसँग खेल्ने भएको छ । अर्को महिना मलेसियामा हुने प्रतियोगिताबाट शीर्ष तीन टोलीले डिसेम्बरमा हुने यू-१९ एसिया कप खेल्न पाउनेछन् ।

 

उपाधि दाबेदार नेपालले अक्टोबर १२ मा इरानसँग खेल्नेछ । त्यस्तै अक्टोबर १५ मा बहराइनसँग खेल्नेछ । अक्टोबर १९ मा नेपालले साउदी अरेवियासँग खेल्नेछ । प्रतियोगितामा १६ एसोसिएट टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।

 

हरेक सममूहका शीर्ष टोली सेमिफाइनल खेल्नेछन् । सेमिफाइनल अक्टोबर २२, फाइनल र तेस्रो स्थानको लागि अक्टोबर २४ मा प्रतिस्पर्धा हुनेछ । नेपाल फाइनल पुग्ने उच्च सम्भावना छ ।

 

नेपाली युवा टोलीले दशैको दिन उपाधिको लागि प्रतिस्पर्धा गर्ने सम्भावना उच्च छ । समूह बी मा युएई, ओमान, कतार र चीन छन् । समूह सी मा सिंगापुर, कुवेत, थाईल्यान्ड र माल्दिभ्स छन् । समूह डी मा हङकङ, मलेसिया, जापान र इन्डोनेसिया छन् । नेपालले गत मार्चमा आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटको उपाधि जित्दै विश्वकपमा स्थान बनाएको थियो ।

 

यू-१९ विश्वकप २०२४ को सुरुवातमा हुनेछ । यू-१९ प्रिमियर कप र एसिया कप विश्वकप अघि नेपाललाई राम्रो तयारी हुनेछ । नेपालले यू१९ प्रिमियर कपको लागि २४ सदस्यीय टोली प्रशिक्षणमा बोलाएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...