वडाअध्यक्ष रिजालको पार्थिव शरीर राष्ट्रिय सभागृहमा, दिउँसो साढे ३ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिदै
वि.सं.२०८० भदौ २१ बिहीवार १३:४६
काठमाडौं: काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको पार्थिव शरीर राष्ट्रिय सभागृहमा राखिएको छ ।
पशुपति आर्यघाटमा अन्त्येष्टि गर्नुअघि श्रद्धाञ्जलीका लागि उनको शव राष्ट्रिय सभागृहमा राखिएको हो । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ७ का सभापति समेत रहेका रिजालको उपचारका क्रममा बिहीबार बिहान ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा निधन भएको थियो ।
काठमाडौंस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालको सघन उपचार कक्षमा उपचार गराइरहेका वडाध्यक्ष रिजालको आज बिहान साढे ७ बजे निधन भएको हो । उनको निधन भाइरल निमोनियाका कारण भएको चिकित्सकले बताएका छन् ।
उनको पार्थिव शरीरमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह, उपप्रमुख सुनिता डंगोल, कांग्रेस महामन्त्री गगनकुमार थापा लगायत नेताहरुले श्रद्धाञ्जली दिए । उनको पार्थिव शरीरमा काठमाडौं महानगरको झण्डा ओढाएर श्रद्धाञ्जली दिइएको छ । रिजालको पार्थिव शरीरलाई दिउँसो साढे ३ बजे अन्त्येष्टि गरिँदैछ ।
वि.सं.२०८० भदौ २१ बिहीवार १३:४६