YouTube Link

पेप्सीकोला दुर्घटनामा उपचारका क्रममा दुई जनाको मृत्यु, घाइते सबैको परिचय खुल्यो

World Cup 2026
Facebook Link

 

काठमाडौं: आइतबार बिहान साढे ७ बजे काठमाडौंको पेप्सीकोलामा दुर्घटनामा परी घाइते भएकामध्ये दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

 

काठमाडौं महानगरपालिका-३२ पेप्सीकोला छाप्रोस्थित सडकखण्डमा चार वटा सवारीसाधन ठोक्किँदा १४ जना घाइते भएका थिए । जसमध्ये दुई जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।

 

बा.प्र.०२-०३७ प ५३११ नम्बरको स्कुटर पछाडि सवार सशस्त्र प्रहरी बल सिनामंगलमा कार्यरत २५ वर्षीया उषा थापा र बा.प्र.०२-०४१ प ४८३८ नम्बरको मोटरसाइकल चालक सर्लाहीका २१ वर्षीय राज भट्टराईको मृत्यु भएको हो । उनीहरूको सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

जडिबुटीबाट पेप्सीकोला जाँदै गरेको क्षेत्रीय उपत्यका बस व्यवसाय संघको बा ३ ख ४८४८ नम्बरको बसले विपरीतबाट आउँदै गरेको बा ६ च ५३४२ नम्बरको बोलेरो गाडीलाई ठक्कर दिएको थियो । त्यसपछि बा.प्र.०२-०३७ प ५३११ नम्बरको  स्कुटर र बा.प्र.०२-०४१ प ४८३८ नम्बरको मोटरसाइकल पनि ठोक्किएको थियो ।

 

दुर्घटनामा घाइतेहरूमध्ये ८ जना पुरूषको मदरल्यान्ड अस्पतालमा उपचार भइरहेको छ । सिभिल अस्पतालमा ४ जनाको उपचार जारी छ । दोलखा भिमेश्वर नगरपालिका-१ घर भई ललितपुरको इमाडोल बस्ने ५२ वर्षीय कुमार बहादुर खाती, उदयपुर त्रियुगा नगरपालिका-१० घर भई हाल काँडाघारी बस्ने २२ वर्षीय कल्पना विक, मकवानपुर हेटौडा घर भई हाल पेप्सिकोला बस्ने १७ वर्षीया रमिता प्रजा र स्कुटर चालक काभे कोशीपारी घर भई हाल मुलपानि बस्ने २९ वर्षीया सरस्वती खड्काको सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

 

त्यस्तै रामेछाप मन्थली नगरपालिका घर भई हाल बौद्ध बस्ने २० वर्षीय सुनिल मगराती, रामेछाप मन्थली नगरपालिका घर भई हाल बौद्ध बस्ने २० वर्षीय सुनिल मगराती, २१ वर्षीय राजकुमार मगराती, सिन्धुपालचोक बाह्रबिसे नगरपालिका-४ घर भई हाल थली बस्ने २३ वर्षीय सुवास बस्नेत घाइते छन् । उनीहरूको सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

 

त्यस्तै मोरङ उर्लाबारी नगरपालिका- ४ घर भई हाल गोंगबु बस्ने ३३ वर्षीय पुन्यप्रसाद गौतम, ओखल्ढुङगा लिखु गाउँपालिका- ७ घर भई हाल बौद्ध २५ वर्षीय रमेश थापा, रामेछापको मन्थली नगरपालिका-८ घर भई हाल बौद्ध बस्ने वर्ष २२ को अर्जुन रम्तेल घाइते छन् ।

 

बसका चालक रामेछाप लिखुतामाकोशी गाउँपालिका-२ घर भई पेप्सिकोला बस्ने २४ वर्षीय जनक राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाको खबर पाएपछि प्रहरी प्रभाग काँडाघारीका प्रहरी निरीक्षक श्यामकुमार कटवालसहित ११ जनाको टोली खटिएको थियो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...