पेप्सीकोला दुर्घटनामा उपचारका क्रममा दुई जनाको मृत्यु, घाइते सबैको परिचय खुल्यो

 

काठमाडौं: आइतबार बिहान साढे ७ बजे काठमाडौंको पेप्सीकोलामा दुर्घटनामा परी घाइते भएकामध्ये दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

 

काठमाडौं महानगरपालिका-३२ पेप्सीकोला छाप्रोस्थित सडकखण्डमा चार वटा सवारीसाधन ठोक्किँदा १४ जना घाइते भएका थिए । जसमध्ये दुई जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।

 

बा.प्र.०२-०३७ प ५३११ नम्बरको स्कुटर पछाडि सवार सशस्त्र प्रहरी बल सिनामंगलमा कार्यरत २५ वर्षीया उषा थापा र बा.प्र.०२-०४१ प ४८३८ नम्बरको मोटरसाइकल चालक सर्लाहीका २१ वर्षीय राज भट्टराईको मृत्यु भएको हो । उनीहरूको सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

जडिबुटीबाट पेप्सीकोला जाँदै गरेको क्षेत्रीय उपत्यका बस व्यवसाय संघको बा ३ ख ४८४८ नम्बरको बसले विपरीतबाट आउँदै गरेको बा ६ च ५३४२ नम्बरको बोलेरो गाडीलाई ठक्कर दिएको थियो । त्यसपछि बा.प्र.०२-०३७ प ५३११ नम्बरको  स्कुटर र बा.प्र.०२-०४१ प ४८३८ नम्बरको मोटरसाइकल पनि ठोक्किएको थियो ।

 

दुर्घटनामा घाइतेहरूमध्ये ८ जना पुरूषको मदरल्यान्ड अस्पतालमा उपचार भइरहेको छ । सिभिल अस्पतालमा ४ जनाको उपचार जारी छ । दोलखा भिमेश्वर नगरपालिका-१ घर भई ललितपुरको इमाडोल बस्ने ५२ वर्षीय कुमार बहादुर खाती, उदयपुर त्रियुगा नगरपालिका-१० घर भई हाल काँडाघारी बस्ने २२ वर्षीय कल्पना विक, मकवानपुर हेटौडा घर भई हाल पेप्सिकोला बस्ने १७ वर्षीया रमिता प्रजा र स्कुटर चालक काभे कोशीपारी घर भई हाल मुलपानि बस्ने २९ वर्षीया सरस्वती खड्काको सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

 

त्यस्तै रामेछाप मन्थली नगरपालिका घर भई हाल बौद्ध बस्ने २० वर्षीय सुनिल मगराती, रामेछाप मन्थली नगरपालिका घर भई हाल बौद्ध बस्ने २० वर्षीय सुनिल मगराती, २१ वर्षीय राजकुमार मगराती, सिन्धुपालचोक बाह्रबिसे नगरपालिका-४ घर भई हाल थली बस्ने २३ वर्षीय सुवास बस्नेत घाइते छन् । उनीहरूको सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

 

त्यस्तै मोरङ उर्लाबारी नगरपालिका- ४ घर भई हाल गोंगबु बस्ने ३३ वर्षीय पुन्यप्रसाद गौतम, ओखल्ढुङगा लिखु गाउँपालिका- ७ घर भई हाल बौद्ध २५ वर्षीय रमेश थापा, रामेछापको मन्थली नगरपालिका-८ घर भई हाल बौद्ध बस्ने वर्ष २२ को अर्जुन रम्तेल घाइते छन् ।

 

बसका चालक रामेछाप लिखुतामाकोशी गाउँपालिका-२ घर भई पेप्सिकोला बस्ने २४ वर्षीय जनक राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाको खबर पाएपछि प्रहरी प्रभाग काँडाघारीका प्रहरी निरीक्षक श्यामकुमार कटवालसहित ११ जनाको टोली खटिएको थियो ।

 

Nishana Seving AD

Alice Education home sports
त्रिभुवन आर्मी क्लब केपी ओली कप क्रिकेटको फाइनलमा प्रवेश

त्रिभुवन आर्मी क्लब केपी ओली कप क्रिकेटको फाइनलमा प्रवेश

वि.सं.२०८० मंसिर १४ बिहीवार १२:१५

  पोखरा: त्रिभुवन आर्मी क्लब पोखरामा जारी केपी ओली कप...

‘मिसन ८४ को नारा फेरिन पनि सक्छ, फेर्न पर्ने पनि हुन सक्छ’

‘मिसन ८४ को नारा फेरिन पनि सक्छ, फेर्न पर्ने पनि हुन सक्छ’

वि.सं.२०८० मंसिर १४ बिहीवार ११:५९

  काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चुनावका लागि...

बैतडीको झुलाघाटबाट एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान आजबाट, ओलीले राष्ट्रिय झण्डा फहराएर गर्ने

बैतडीको झुलाघाटबाट एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान आजबाट, ओलीले राष्ट्रिय झण्डा फहराएर गर्ने

वि.सं.२०८० मंसिर १४ बिहीवार ०८:१८

  काठमाडौं: नेकपा एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान आजबाट...

कोप-२८ मा सहभागी हुन प्रधानमन्त्री दाहाल युएई प्रस्थान, ‘जायेद सस्टेनेबिलिटी प्राइज अवार्ड’ समारोहमा पनि सहभागी हुने

कोप-२८ मा सहभागी हुन प्रधानमन्त्री दाहाल युएई प्रस्थान, ‘जायेद सस्टेनेबिलिटी प्राइज अवार्ड’ समारोहमा पनि सहभागी हुने

वि.सं.२०८० मंसिर १४ बिहीवार ०८:०२

  काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय...

हेर्नुहोस् आज २०८० मंसिर १४ गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८० मंसिर १४ गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८० मंसिर १४ बिहीवार ०७:१५

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

माघ ११ गते राष्ट्रियसभा निर्वाचन गर्ने सरकारको निर्णय

माघ ११ गते राष्ट्रियसभा निर्वाचन गर्ने सरकारको निर्णय

वि.सं.२०८० मंसिर १३ बुधवार १५:४३

  काठमाडौं: राष्ट्रियसभाको रिक्त हुने सदस्य पदका लागि आगामी माघ...