YouTube Link

अमरदीप सुनुवारको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गर्दै सुनुवार राष्ट्रसेवक समाजको प्रथम साधारण सभा सम्पन्न

Facebook Link

 

काठमाडौं: सुनुवार राष्ट्रसेवक समाजको प्रथम वार्षिक साधारण सभाले अमरदीप सुनुवारको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गर्दै साधारण सभा सम्पन्न गरेको छ ।

 

शनिबार कोटेश्वरस्थित संघीय सुनुवार सेवा समाजको सभाहलमा सम्पन्न साधारणसभा संस्थाको उपाध्यक्षमा डम्बर बहादुर सुनुवार, सचिवमा विश्वास सुनुवार, सह-सचिवमा फौद बहादुर सुनुवार, कोषाध्यक्षमा तारादेवी सुनुवार र सदस्यहरूमा धनमाया सुनुवार, बीर बहादुर सुनुवार, रमेश बहादुर सुनुवार, जिङ्गु मुखिया, मनोज कुमार सुनुवार, शशिकला सुनुवार चयन भएका छन् ।

 

साधारण सभाको प्रमुख अतिथि बागमती प्रदेशसभा सदस्य माननीय उर्मीला सुनुवारले सुनुवार राष्ट्रसेवक समाजले सुनुवार समुदायका राष्ट्र सेवामा आवद्ध भएका सम्पूर्ण सुनुवारहरूलाई एकतावद्ध गर्ने उद्देश्यले संस्था स्थापना हुनु ऐतिहासिक भएको भन्दै संस्थापक पदाधिकारीहरूलाई शुभ-कामना व्यक्त गरे ।

 

 

आगामी दिनहरूमा कानून, नीति, कार्यक्रम निर्माणको तहमा आफूलाई समेत राष्ट्र सेवकहरूबाट सहयोग पुग्ने बताउँदै उनले भने “पक्कै पनि सुनुवार राष्ट्र सेवक समाजले राष्ट्र सेवामा रहनु भएका सुनुवारहरूको एकिन तथ्याङ्क सङ्कलन गरी प्रकाशन गर्नेछ र कुन-कुन क्षेत्रमा, कुन-कुन मन्त्रालय तथा कार्यालयहरूमा को-को कार्यरत छन् भन्ने तथ्याङ्क प्राप्त हुनेछ र त्यसले कार्यगत प्रक्रियामा थप सहजता मिल्नेछ ।”

 

कार्यक्रमका विशेष अतिथि सुनुवार सेवा समाजका अध्यक्ष अमृत बहादुर सुनुवारले जातिगत संस्था कानूनी रुपमा मान्यता प्राप्त गर्ने संस्था सुनुवार सेवा समाज भएको बताउँदै सुनुवार राष्ट्रसेवक समाज स्थापना हुनु अत्यन्त जरुरी रहेकाले संस्था स्थापनामा आफ्नो समेत सहकार्य रहेको उल्लेख गरे ।

 

 

अध्यक्ष सुनुवारले समसायिक विषयलाई उद्धृत गर्दै सामाजिक सञ्जालको बढ्दो दुरुपयोग भएको र विभिन्न नकरात्मक टिकटिप्पणीलाई रोक्नुपर्ने बताए । सुनुवार जातिको पहिचानजनित विषयलाई लिएर सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी हुनुले सुनुवार समुदायको भावनामा आँच पुगेको र यस्ता कार्यमा आफ्नै समुदायका महानुभावहरूले समेत जथाभावी टिकाटिप्पणी गर्नु नहुने र त्यस्ता पोष्टमा कमेन्ट तथा शेयर नगरी रिपोर्ट गर्नुपर्ने बताउँदै सकारात्मक विषयहरूको विषयमा मात्र ध्यान दिनुपर्ने उनको भनाई थियो ।

 

त्यस्तै, संस्थाका अध्यक्ष अमरदीप सुनुवारले संस्थाको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सुनुवार राष्ट्रसेवक समाजले शासित वर्गको रुपमा रहेको सुनुवार समुदायलाई कुशल शासकमा परिणत गर्न राजनीतिक प्रतिनिधित्वका लागि मुख्य भुमिका खेल्ने बताए ।

 

 

सुनुवार राष्ट्र सेवक समाजको नीति तथा कार्यक्रममा सुनुवार राष्ट्रसेवक समाजको विधान बमोजिम राष्ट्रसेवक सुनुवार कर्मचारीहरूलाई सदस्यता वितरण गरी समावेशी लोकतन्त्रलाई सार्थक बनाउन राष्ट्र निर्माण तथा राज्य निर्माणमा सुनुवार राष्ट्रसेवकहरूको सहभागिता प्रतिनिधित्व सुनिश्चित गर्न सम्बन्धित निकायहरूसँग समन्वयात्मक पहल गर्ने जस्ता कार्यक्रमहरू रहेको बताए ।

 

समाजको प्रथम वार्षिक साधारण सभा कार्यक्रममा नेपाली सेनाका सहायक रथी राजेन्द्र प्रसाद सुनुवार सेवा निवृत्त हुनु भएको अवसरमा उनको सेवा निवृत्त जीवन थप फलदायी रहोस् भन्ने कामना गर्दै दोसल्ला ‌ओढाएर सम्मान पत्रसाथ विशेष सम्मान गरिएको थियो । त्यस्तै नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षक विनोद कुमार सुनुवारलाई पदोन्नति भएको अवसरमा प्रसंशापत्रद्वारा सम्मान गरिएको थियो ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...