Rajshow Bivag

कांग्रेसले तोक्यो ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि

Departmant of helth services

 

काठमाडौं: नेपाली कांग्रेसले पार्टी संगठन सुदृढीकरणका लागि ७७ वटै जिल्लामा खटिने केन्द्रीय प्रतिनिधि तोकेको छ । केही जिल्लामा केन्द्रीय सदस्यहरु र केहीमा पूर्व केन्द्रीय सदस्यलाई खटाइएको छ ।

 

केन्द्रीय सदस्य तर सांसद पनि भएकालाई भने जिम्मेवारी दिइएको छैन । प्रतिनिधिहरु पहिलो चरणमा २० देखि ३० साउनसम्म आन्तरिक पार्टी संगठन सदृढीकरणका लागि परिचालित हुने छन् । दोस्रो चरण भदौ १० देखि २४ गतेसम्म तोकिएको छ ।

 

पहिलो चरणमा जिल्ला जाने केन्द्रीय सदस्यहरुले पूर्ण रुपमा पार्टीको आन्तरिक संरचनाका लागि कार्य गर्नेछन् । अपूर्ण रहेको कार्यसमिति छ भने पूर्णता दिने, नियमित बैठक बस्न लगाउने, रिपोर्टिङ लिने, सम्मेलन भएको छैन भने मिति तोक्न लगाउने, सम्मेलन भएको रहेछ भने रिपोर्ट दिन लगाउने, आन्तरिक विवाद समाधान गर्ने, नयाँ क्रियाशील सदस्यता वितरण, नवीकरण लगायतका काम पहिलो चरणमा हुने महामन्त्री गगन थापाले जानकारी दिए ।

 

यसअघि कांग्रेस केन्द्रीय समिति बैठकले प्रत्येक गाउँ वा नगर समितिले ‘सेवा दल’ बनाउने निर्णय गरेको थियो । सेवा दल गठनको प्रक्रिया सुरु गराउन केन्द्रीय सदस्यहरुले सहजीकरण गर्नेछन् । भदौ १० देखि २४ गतेसम्म तोकिएको दोस्रो चरणको अभियानमा नागरिकसँग जोडिएर केन्द्रीय सदस्यहरुले गतिविधि गर्नुपर्ने हुन्छ । दोस्रो चरणलाई नेपाली कांग्रेसले समुदायमा आधारित ‘राष्ट्रव्यापी अभियान’ भनेको छ । ‘दोस्रो चरणमा केन्द्रीय सदस्य समुदायमा जाने नागरिकसँग प्रत्यक्ष कुराकानी गर्ने र उनीहरुको कुरा सुन्ने काम हुन्छ,’ महामन्त्री थापाले भने ।

 

केन्द्रीय प्रतिनिधिको नामावली

 




Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख २० बिहीवार ०५:२४

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:५२

  काठमाडौं: टी-२० सिरिजको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’...

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:१८

  काठमाडौं: फोटो पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समुह...

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०७:२०

  काठमाडौं: मजदुर आन्दोलनको सम्झनामा विश्वभर १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस...

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:५६

  काठमाडौं: नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्धको तेस्रो खेल आज...

हेर्नुहोस् आज २०८१ बैशाख १९ गते बुधबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख १९ गते बुधबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२६

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...