YouTube Link

पूर्वराजा ज्ञानेन्द्र परिवारका सदस्यसहित थाइल्याण्ड भ्रमण जाँदै

Facebook Link

काठमाडौं: पूर्वराजा ज्ञानेन्द्र शाह पत्नी कोमल र परिवारका अन्य सदस्यसहित आज थाइल्याण्ड जाँदैछन् । पूर्वयुवराज्ञी हिमानी शाह भने सोमबार नै थाइल्याण्ड प्रस्थान गरिसकेकी छन् ।

निर्मल निवास स्रोतका अनुसार पूर्वराजा शाह स्वास्थ्य उपचारको लागि थाइल्याण्ड जान लागेका हुन् । स्रोतले थाइल्याण्डमा पूर्वराजाको अन्य कुनै राजनीति भेटघाटको कार्यक्रम नरहेको जनाएको छ । तर पछिल्लो समय पूर्वराजा शाह वर्तमान व्यवस्थाप्रति खुलेर बोल्न थालेका छन् र पुन शक्तिमा फर्किने अवसरको खोजीमा रहेको चर्चा चल्ने गरेको छ ।

देशभित्रै पनि उनी नागरिक अभिनन्दन र मठ मन्दिरको दर्शन गर्ने भन्दै बेला बेलामा देश दौडाहामा निस्किने गरेका छन् । केही समय अगाडि भारत भ्रमणमा गएका पूर्वराजाको थाइल्याण्ड भ्रमणलाई महत्वका साथ हेरिएको छ ।

वर्तमान व्यवस्थाप्रति नागरिकस्तरमा बढ्दो असन्तुष्टि र हजार राजा भन्दा एउटै राजा राम्रो भन्ने नागरिकको बुझाइप्रति उत्साहित बनेका पूर्वराजा शाह पछिल्लो समय सक्रिय बन्दै गएका छन् । मुलुकको शासन व्यवस्थामा सुधार आवश्यक रहेको भन्दै संविधान संशोधनकोसमेत चर्चा हुने गरेका बेला त्यही मौकालाई उपयोग गरेर पुन शक्तिमा फर्किने चाहना पूर्वराजामा देखिन्छ ।

नेपालमा शाहवंशले २४० वर्ष शासन गरेको थियो । २०६३/६३ को जनआन्दोलनबाट पुनस्र्थापना भएको संसद्ले गणतन्त्र घोषणा गरेपछि ज्ञानेन्द्र शाहले गद्दीत्याग गरेका थिए । उनी शाहवंशका अन्तिम राजा हुन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...