Rajshow Bivag

बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न प्रधानमन्त्री सवार हेलिकोप्टर मौसमका कारण विराटनगरमा आकस्मिक अवतरण

Departmant of helth services

 

काठमाडौं: बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को टोली सवार नेपाली सेनाको हेलिकोप्टर विराटनगरमा आकस्मिक अवतरण गरेको छ ।

 

संखुवासभाको तुम्लिङटारबाट दिउँसो पाँचथरतर्फ उडेको हेलिकोप्टर प्रतिकूल मौसमका कारण विराटनगरमा आकस्मिक अवतरण गरेको हो । प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरण शर्माले प्रतिकुल मौसमका कारण प्रधानमन्त्री सवार हेलिकोप्टर विराटनगरमा अवतरण गरेको जानकारी दिएका छन् ।

 

यसअघि  प्रधानमन्त्री प्रचण्डसँगै उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालगायत बाढीपहिरो प्रभावित क्षेत्रको अवस्थाका बारेमा जानकारी लिन संखुवासभा पुगेका थिए । त्यहाँ प्रधानमन्त्री प्रचण्डले बाढीपहिरो प्रभावितको उद्धार, राहत र बेपत्ताहरूको खोजीमा कुनै कन्जुस्याइँ नगर्न जिल्लाका सरकारी संयन्त्रहरूलाई निर्देशन दिएका थिए ।

 

त्यसपछि प्रचण्डसहितको टोली पाँचथरका लागि उडेको थियो । शनिबार राती आएको अविरल वर्षाका कारण संखुवासभाको हेँवा खोलामा बाढीले बगाउँदा १ जनाको मृत्यु भएको छ भने हाइड्रोपावरमा काम गर्ने १७ जना मजदुर सम्पर्कविहीन भएका छन् । यस्तै पाँचथरमा पनि बाढी पहिरोबाट ठूलो धनजनको क्षति भएको छ ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
हेर्नुहोस् आज २०८१ बैशाख १७ गते सोमबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख १७ गते सोमबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:५४

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

आजदेखि तेस्रो लगानी सम्मेलन हुँदै, १५१ परियोजना प्रस्तुत गरिँदै

आजदेखि तेस्रो लगानी सम्मेलन हुँदै, १५१ परियोजना प्रस्तुत गरिँदै

वि.सं.२०८१ वैशाख १६ आइतवार ०८:३९

  काठमाडौं: काठमाडौंमा आजदेखि तेस्रो लगानी सम्मेलन हुँदैछ । मुलुकमा...

मैत्रीपूर्ण फुटबलमा पोखरा फोटोपत्रकार टोली बंगलादेशसँग पराजित

मैत्रीपूर्ण फुटबलमा पोखरा फोटोपत्रकार टोली बंगलादेशसँग पराजित

वि.सं.२०८१ वैशाख १५ शनिवार १२:०५

  काठमाडौं: अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा पोखराका फोटपत्रकार टोली बंगलादेशको पाहुना...

प्रतिनिधिसभातर्फ इलाम-२ र बझाङ-१ (१) मा आज निर्वाचन

प्रतिनिधिसभातर्फ इलाम-२ र बझाङ-१ (१) मा आज निर्वाचन

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:१९

  काठमाडौं: प्रतिनिधिसभातर्फ इलाम क्षेत्र नं. २ र  प्रदेश सभातर्फ...

हेर्नुहोस् आज २०८१ बैशाख १५ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख १५ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:००

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

नेपाल र बंगलादेशको फोटोपत्रकारहरुको मैत्रीपूर्ण फुटबल तस्बीरमा

नेपाल र बंगलादेशको फोटोपत्रकारहरुको मैत्रीपूर्ण फुटबल तस्बीरमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२३

  राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालको...