YouTube Link

बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न प्रधानमन्त्री सवार हेलिकोप्टर मौसमका कारण विराटनगरमा आकस्मिक अवतरण

Facebook Link

काठमाडौं: बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को टोली सवार नेपाली सेनाको हेलिकोप्टर विराटनगरमा आकस्मिक अवतरण गरेको छ ।

संखुवासभाको तुम्लिङटारबाट दिउँसो पाँचथरतर्फ उडेको हेलिकोप्टर प्रतिकूल मौसमका कारण विराटनगरमा आकस्मिक अवतरण गरेको हो । प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरण शर्माले प्रतिकुल मौसमका कारण प्रधानमन्त्री सवार हेलिकोप्टर विराटनगरमा अवतरण गरेको जानकारी दिएका छन् ।

यसअघि  प्रधानमन्त्री प्रचण्डसँगै उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालगायत बाढीपहिरो प्रभावित क्षेत्रको अवस्थाका बारेमा जानकारी लिन संखुवासभा पुगेका थिए । त्यहाँ प्रधानमन्त्री प्रचण्डले बाढीपहिरो प्रभावितको उद्धार, राहत र बेपत्ताहरूको खोजीमा कुनै कन्जुस्याइँ नगर्न जिल्लाका सरकारी संयन्त्रहरूलाई निर्देशन दिएका थिए ।

त्यसपछि प्रचण्डसहितको टोली पाँचथरका लागि उडेको थियो । शनिबार राती आएको अविरल वर्षाका कारण संखुवासभाको हेँवा खोलामा बाढीले बगाउँदा १ जनाको मृत्यु भएको छ भने हाइड्रोपावरमा काम गर्ने १७ जना मजदुर सम्पर्कविहीन भएका छन् । यस्तै पाँचथरमा पनि बाढी पहिरोबाट ठूलो धनजनको क्षति भएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...