YouTube Link

कांग्रेस महामन्त्री गगन थापाको प्रमुख आतिथ्यमामा प्रेस युनियनको उपत्यका तथा प्रतिष्ठान प्रदेशको अधिवेशन हुँदै

Facebook Link

काठमाडौं: नेपाल प्रेस युनियनको उपत्यका तथा प्रतिष्ठान प्रदेशको पहिलो अधिवेशन आज हुँदै छ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको प्रमुख आतिथ्यमामा हुन लागेको अधिवेशनबाट प्रदेशको पहिलो कार्यसमिति पनि गठन गरिने छ ।

राजधानीको थापागाउँस्थित काठमाडौँ ब्याङ्क्वेटमा हुन लागेको युनियनको अधिवेशनसँगै सबै प्रदेशमा कार्यसमिति गठन गर्ने कार्य सकिने छ ।

प्रेस युनियनको नयाँ केन्द्रीय समिति गठन भएपछि यसअघि सात प्रदेशमा र झण्डै ३० जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ । प्रेस युनियनमा राज्यका सात प्रदेश सहित उपत्यका तथा प्रतिष्ठान प्रदेश गरी आठ प्रदेशको व्यवस्था छ ।

उपत्यका तथा प्रतिष्ठान प्रदेशको अधिवेशन सम्पन्न गर्नका लागि केन्द्रीय उपाध्यक्ष जीवन भण्डारीको संयोजकत्वमा अधिवेशन व्यवस्थापन मूल समिति गठन गरिएको छ । अन्य प्रदेशका अधिवेशनमा गरिएको अभ्यास अनुसार नै उपत्यका तथा प्रतिष्ठान प्रदेशबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गरेका पदाधिकारी, केन्द्रीय सदस्य र प्रदेश अन्तर्गतका शाखा अध्यक्षहरु मूल समितिको सदस्य रहने व्यवस्था गरिएको छ ।

उपत्यका तथा प्रतिष्ठान प्रदेश अन्तर्गत काठमाडौँ, ललितपुर र भक्तपुरका जिल्ला शाखा, साँघु उपशाखा र अन्य आठ प्रतिष्ठान शाखा गरी कुल १२ शाखा रहेका छन् । ती शाखाहरूबाट निर्वाचित झण्डै चार सय प्रदेश प्रतिनिधिहरूबाट प्रदेश कार्यसमिति गठन गरिनेछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...