YouTube Link

नेपाल-भारत संयुक्त आयोगको पाँचौँ बैठक काठमाडौँमा सुरु हुँदै

Facebook Link

काठमाडौं: नेपाल-भारत संयुक्त आयोगको पाँचौ बैठक आजदेखि काठमाडौंमा सुरु हुँदै छ । यो बैठक दुई दिन चल्ने छ । यसअघि चौथो बैठक सन् २०१६ मा नयाँदिल्लीमा बसेको थियो । त्यही बैठकमा भएका निर्णय तथा प्रगतिको पुनरवलोकन गर्दै दुई देशको सम्बन्ध नयाँ बाटोमा अगाडि बढाउन काठमाडौं बैठक महत्वपूर्ण रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

आयोग गठन भएको ३२ वर्षपछि हुन लागेको पाँचौ बैठकलाई स्वदेशी विदेशी कूटनीतिक क्षेत्रले विशेष महत्वका साथ लिएका छन् । अपराह्न ३ बजे उद्घाटनसँगै विदेशमन्त्रीस्तरीय आयोगको बैठक सुरु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । भारतीय विदेशमन्त्री एस जयशङ्कर नेपाल आएलगत्तै बैठक आरम्भ हुने छ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय विदेशमन्त्री जयशङ्करले संयुक्त अध्यक्षता गर्दै आयोगको बैठक शुभारम्भ हुने मन्त्रालयले जनाएको छ । बैठक शुभारम्भसँगै केही नयाँ समझदारीमा उद्घाटन सत्रमै दुई देशका परराष्ट्रमन्त्रीले हस्ताक्षर हुने कार्यक्रम छ । बैठकमा राजनीतिक र सीमा सुरक्षा, दोस्रो सञ्चार सञ्जाल र आर्थिक समृद्धि, तेस्रो व्यापार र पारवहन, चौथोमा ऊर्जा र जलस्रोत तथा संस्कृति र विविध विषयमा छलफल केन्द्रीत रहने जनाईएको छ ।

बैठकको मुख्य कार्यसूचीभित्र परेका रेल्वे लाइन, जलमार्ग, पेट्रोल पम्प लाइन, हुलाकी सडक, चेकपोस्ट स्थापना, नयाँ जलविद्युत् योजना लगायतका एक दर्जनभन्दा बढी नवीन विषयमा समझदारी र कार्यान्वयन प्रक्रिया अगाडि बढ्ने र केही हस्तान्तरण हुने सम्भावना रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
के छ सहकारी छानबिन समितिको प्रतिवेदनमा ? (पूर्णपाठसहित)

के छ सहकारी छानबिन समितिको प्रतिवेदनमा ? (पूर्णपाठसहित)

वि.सं.२०८१ भदौ ३१ सोमवार १७:१७

काठमाडौं: प्रतिनिधिसभाको आजको बैठकमा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा...

प्रतिनिधिसभाको चालु अधिवेशन सोमबार राती १२ बजेदेखि अन्त्य हुँदै, ५३ दिनमा ५६ बैठक, पाँच विधेयक पारित

प्रतिनिधिसभाको चालु अधिवेशन सोमबार राती १२ बजेदेखि अन्त्य हुँदै, ५३ दिनमा ५६ बैठक, पाँच विधेयक पारित

वि.सं.२०८१ भदौ ३१ सोमवार १६:५८

काठमाडौं: प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य भएको छ । प्रतिनिधिसभाको चालु...

त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल र क्यानडा भिड्दै

त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल र क्यानडा भिड्दै

वि.सं.२०८१ भदौ ३१ सोमवार ११:३२

काठमाडौं: विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको...

संसद् बैठकलाई आज प्रधानमन्त्रीले सम्बोधन गर्ने, यस्तो छ कार्यसूची

संसद् बैठकलाई आज प्रधानमन्त्रीले सम्बोधन गर्ने, यस्तो छ कार्यसूची

वि.सं.२०८१ भदौ ३१ सोमवार ११:०७

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने...

सहकारी संस्था बचत रकम अपचलनमा रवि लामिछाने दोषी ठहर

सहकारी संस्था बचत रकम अपचलनमा रवि लामिछाने दोषी ठहर

वि.सं.२०८१ भदौ ३१ सोमवार १०:४४

काठमाडौं: गोरखा मिडिया नेटवर्कमार्फत सहकारीबाट आएको पैसा अपचलन गरेको भन्दै...

कर्णालीलाई पराजित गर्दै शीर्ष एपिएफ शीर्ष स्थानमा उक्लियो

कर्णालीलाई पराजित गर्दै शीर्ष एपिएफ शीर्ष स्थानमा उक्लियो

वि.सं.२०८१ भदौ ३० आइतवार १५:३०

काठमाडौं: विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबले कर्णाली प्रदेशलाई पराजित...