Health Ad
YouTube Link

नेपाललाई अघिल्लो चरण पुग्न माल्दिभ्सलाई हराउनैपर्ने दवाव

Khanepani Dhal
Facebook Link

काठमाडौं: एभिसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको सेमिफाईनल प्रवेशका लागि हुने महत्वपूर्ण खेलमा जित्नै पर्ने दवाव सहित नेपालले माल्दिभ्सको सामाना गर्दैछ ।

आज ललितपुरको लगनखेलस्थित आर्मीको कभर्डहलमा हुने दोस्रो खेलमा नेपाल र माल्दिभ्स भिड्नेछन् । नेपाललाई अघिल्लो चरण पुग्न माल्दिभ्सलाई हराउनैपर्ने समिकरण तय भएको छ । विजेता टिमले सेमिफाईनलको यात्रा तय गर्नेछ । दुवै टोली प्रतियोगितामा जित विहिन छन् ।

समुह ए को पहिलो खेलमा दुवै टिम किर्गिस्तानसँग पराजित भएको थियो । उद्घाटन खेलमा घरेलु टोली र मंगलबार भएको खेलमा माल्दिभ्स टोलीलाई हराउँदै किर्गिस्तान अन्तिम ४ मा प्रवेश गरिसकेको छ । समुह एबाट अघिल्लो चरण पुग्ने एक टोलीको टुङ्गो लाग्न बाँकी छ । नेपाल र माल्दिभ्सबीचको विजेता टोलीले सेमिफाईनलमा स्थान बनाउनेछ । सोही कारण अघिल्लो चरणको यात्रा तय गर्न घरेलु टोलीलाई जित निर्विकल्प छ । खेल अपरान्ह ५ बजे सुरु हुनेछ ।

आज नै हुने दिनको पहिलो खेलमा समुह बीबाट उज्वेकिस्तान र अफगानिस्तान भिड्नेछन् । खेल दिउँसो ३ बजे सुरु हुने छ । सेमिफाईनलका नजिक पुगेको उज्वेकिस्तान जित निकाल्दै सतप्रतिशत नतिजा आत्मसाथ गर्न चाहन्छ । उज्वेकिस्तानले यसअघि तुर्कमेनिस्तान र बंगलादेशलाई हराएको थियो । अघिल्लो चरण प्रवेश यात्रा सहज बनाउन अफगानिस्तानलाई समेत बलियो प्रतिद्वन्दीविरुद्व जित निकाल्न आवश्यक छ ।

आजको अन्तिम खेलमा साँझ ७ बजे तुर्कमिनिस्तान र बंगलादेश खेल्नेछन् । अघिल्लो चरण प्रवेशको गणितिय सम्भावना बाँकी राख्न तुर्कमिनिस्तानलाई जित आवश्यक छ । पहिलो खेलमा तुर्कमिस्तानले अफगानिस्तानलाई हराएको थियो भने बंगलादेशले भने उज्वेकिस्तानसंग हार ब्यहोरेको थियो ।।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो कोपा डेल रेको उपाधि

रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो कोपा डेल रेको उपाधि

वि.सं.२०८२ वैशाख १४ आइतवार १२:५७

एजेन्सी: रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले कोपा डेल रेको उपाधि जितेको...

आठ सदस्यीयको टोलि लिएर शंकर भुजेल सिक्किम प्रस्थान

आठ सदस्यीयको टोलि लिएर शंकर भुजेल सिक्किम प्रस्थान

वि.सं.२०८२ वैशाख २ मंगलवार १७:१४

काठमाडौं: सिक्किम एमेचर उसु संघको आयोजना हुन लागेको उसु प्रो...

कुवेतविरुद्धको जितसँगै नेपालको लगातार दोस्रो जित

कुवेतविरुद्धको जितसँगै नेपालको लगातार दोस्रो जित

वि.सं.२०८१ चैत २८ बिहीवार १०:४८

काठमाडौं: नेपालले चारदेशिय टी-२० सिरिजमा लगातार दोस्रो जित निकालेको छ...

कतारमाथि ८ विकेटको जित निकाल्दै नेपालको विजयी सुरुवात

कतारमाथि ८ विकेटको जित निकाल्दै नेपालको विजयी सुरुवात

वि.सं.२०८१ चैत २७ बुधवार १०:१२

काठमाडौं: हङकङमा जारी चार देशीय टी-२०आई सिरिजमा नेपालले विजयी सुरुवात...

अन्जना राना मगरले अब विभागीय टोली एपिएफबाट खेल्ने

अन्जना राना मगरले अब विभागीय टोली एपिएफबाट खेल्ने

वि.सं.२०८१ चैत २५ सोमवार १५:४१

काठमाडौं: नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक अन्जना राना मगरले...

रोहित पौडेलको कप्तानीमा टी-२० आई सिरिज खेल्ने टोलीको घोषणा

रोहित पौडेलको कप्तानीमा टी-२० आई सिरिज खेल्ने टोलीको घोषणा

वि.सं.२०८१ चैत २३ शनिवार १३:२४

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेलको कप्तानीमा हङकङमा हुने...