YouTube Link

प्रदेशको नामलाई लिएर पहिचानवादीहरुले प्रदर्शन गर्ने घोषणापछि विराटनगरमा फेरि अनिश्चितकालिन निषेधाज्ञा जारी

Facebook Link

विराटनगरः कोसी प्रदेशको नाम खारेजीको माग गर्दै पहिचानवादीहरुले प्रदर्शन गर्ने घोषणा गरेपछि  मोरङ प्रशासनले विराटनगरमा निश्चित समयका लागि शनिबारदेखि नै निषेधाज्ञा जारी गरेको छ ।

शान्तिपूर्ण प्रदर्शन गर्ने अधिकार जो कोहीलाई भएपनि संवेदनशील क्षेत्रको सुरक्षाका लागि प्रदेश सभा रहेको अस्पताल चोकदेखि देवकोटा चोक र मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय रेहको रोडशेष चोक, मुख्यमन्त्रीको निवास रहेको क्षेत्र र कोसी प्रोजेक्ट प्रदेश प्रमुखको कार्यालय रहेको कञ्चनबारी क्षेत्रमा अनिश्चितकालका लागि  निषेधाज्ञा जारी गरिएको हो ।

यी क्षेत्रमा कसैले पनि कुनैपनि धर्ना, जुलुस र आन्दोलनका गतिबिधि  गर्न पाउने छैनन् । प्रदेशको नाम कोसी राखेपछि विरोधमा पहिचान पक्षधरहरुले असन्तुष्टि जनाउँदै खारेजीका लागि विभिन्न आन्दोलन र  प्रदर्शन गर्दै आएका छन् ।

कोसी प्रदेश सभाको बजेट अधिवेशन १४ जेठदेखि सुरु हुने भएपछि पहिचान पक्षधरहरुले विराटनगर केन्द्रित आन्दोलन घोषणा गरेका छन् । उनीहरुले शुक्रबार विराटनगरमा युवा दस्ता सार्वजनिक गरी मार्चापास गराएका थिए ।

कोसी प्रदेश नाम खारेजी माग गर्दै पहिचान पक्षधरहरुले ५ र १४ चैत २०७९ मा विराटनगरमा निषेधाज्ञा तोड्दै प्रदर्शन गरेका थिए । सो क्रममा घाइते भएका एक प्रदर्शनकारीको उपचारका क्रममा मृत्यु भएको थियो ।

मृतक लिम्बुवान भोलेन्टियर्स मोरङ बेलबारी-४ लालभित्तीका पदम लिम्बुको शवयात्रा गर्ने क्रममा पनि विराटनगरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । सबै प्रदर्शनका क्रममा दुई दर्जन प्रदर्शनकारी र उत्तिकै संख्यामा प्रहरी घाइते भएका थिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...