YouTube Link

मलाई मेयरबाट राजीनामा दिन लगाउन खोजिँदैछ: मेयर बालेन

Facebook Link

काठमाडौं: काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत् आफूलाई राजीनामा दिन लगाउन खोजिएको बताएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘मेयर पोजिसनबाट मलाई आज राजीनामा दिन लगाउन खोजिँदैछ । यो देश कहिले पनि बन्दैन ।’

तर कसले किन राजीनामा दिन बाध्य पारेको हो त्यसबारे बालेनले केही खुलाएका छैनन् । उनका समर्थकहरूले भने कमेन्टमा निर्वाचित मेयर पद कसैले खोस्न नमिल्ने भन्दै आफ्नो काममा अगाडि बढ्न सुझाव दिएका छन् । समर्थकहरूले कसैले राजीनामा माग्दैमा राजीनामा नगर्न पनि सुझाएका छन् ।

भारी मतले विजयी भएका बालेन त्यसयता काठमाडौंमा आक्रामक काम गर्दै आएका छन् । उनले नक्साविपरित निर्माण भएका टहरा भत्काउनुका साथै पार्किङ क्षेत्र पनि व्यवस्थित गरेका छन् । त्यस्तै थापाथलीको सुकुम्बासी बस्ती हटाउन पनि उनी निरन्तर पहल गरिरहेका छन् ।

उनले सरकारका सम्बन्धित निकायमा पनि यसबारे पहल गरेका छन् । यी काम गर्दैगर्दा उनीमाथि आलोचना गर्नेहरूको पनि कमी छैन । गरिब मजदुरहरूलाई उठिबास लगाउन खोजेको र पुरानो संरचनाहरू भत्काउन खोजेको भन्दै उनीमाथि एकथरीले आलोचना गर्दै आएका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...