मानहानी गरेको आरोपमा डिल्लीराम खनाल पक्राउ
वि.सं.२०७९ फागुन ५ शुक्रवार १२:३९
1.7K
shares
काठमाडौं: कलाकार करिष्मा मानन्धरको मानहानी गरेको आरोपमा प्रहरीले काठमाडौंको भोटाहिटीबाट डिल्लीराम खनाललाई केन्द्रीय साइबर ब्युरोले पक्राउ गरेको छ ।
एक युट्यूव अन्तर्वार्तामा खनालले मानन्धर अमेरिकामा एक जना पुरूषसँग लिभिङ टुगेदरमा बसेको बताएका थिए ।
उक्त भिडिओको क्लिप सामाजिक सञ्जालमा राख्दै आफ्नो चरित्रहत्या भएको भन्दै अभिनेत्री करिश्माले गत माघ २४ गते नेपाल साइबर ब्युरोमा उनीविरुद्ध उजुरी दिएकी थिइन् ।
खनाललाई अदालतबाट म्याद थपको तयारी भइरहेको ब्युरो स्रोतले जनाको छ ।
वि.सं.२०७९ फागुन ५ शुक्रवार १२:३९


















