नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य नघटाउने
वि.सं.२०७९ फागुन ५ शुक्रवार १०:०४
1.5K
shares
काठमाडौं: इण्डियन आयल कर्पोरेसन (आईओसी)ले बिहीबार पठाएको नयाँ मूल्यसूची अनुसार डिजेल, पेट्रोल र हवाइ इन्धनको मूल्य घटेर आएको छ ।
तर नेपाल आयल निगमले यसपटक मूल्य नघटाउने जनाएको छ । नयाँ मूल्य अनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ ९७ पैसा, डिजेलमा प्रतिलिटर छ रुपैयाँ ४० पैसा र हवाइ इन्धनमा प्रतिलिटर तीन रुपैयाँ ८८ पैसा मूल्य घटेर आएको छ ।
यसअघि माघ २३ गते मूल्य बढेर आएको भन्दै निगमले पेट्रोल र डिजेलको मूल्य प्रतिलिटरमा तीन/तीन रुपैयाँ बढाएको थियो । निगमले आईओसीलाई ११ अर्ब र नेपाल सरकारको सात अर्ब ऋण अझै बाँकी रहेकाले तत्काल मूल्य नघटाउने बताएको छ ।
वि.सं.२०७९ फागुन ५ शुक्रवार १०:०४




















