YouTube Link

हतियार देखाएर अपहरण गरी लुटपाट गर्ने ८ जनाको गिरोह पक्राउ

Facebook Link

वीरगन्ज: एक भारतीय नागरिकलाई हतियार देखाएर अपहरण गरी लुटपाट गर्ने ८ गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भारत बिहारका विशाल कुमार पटेवालाई वीरगन्ज महानगरपालिका-६ रेल्वेरोडबाट अपहरण गरी लुटपाट गर्ने ८ जना पक्राउ परेका हुन् । लुटेराको समूहले पटेवालाई माघ २६ गते अपहरण गरी लुटपाट गरेका थिए ।

पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर २ छपकैयाका सद्धाम अन्सारी, वडा नम्बर ११ श्रीपुरका सन्तोष लामा, मोजालिम मियाँ र रोशन थापा, वडा नम्बर २४ रामगढवाका विजय महतो, बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ३ का नबाब हुसेन, कलैया उपमहानगरपालिका वडा नम्बर २३ का मुकेश पटेल र भारत बिहारको मोतिहारीका इमाम अन्सारी रहेको पर्सा प्रहरीले जनाएको छ ।

बाराको प्रसौनी गाँउपालिका वडा नम्बर १ घर भएका नातामा मामा पर्ने सुभाष साहलाई गत बिहीबार सापटी दिन भनी ६ लाख ५० हजार रुपैया लिएर पुगेका पटवा अपहरणमा परेका थिए ।

पक्राउ परेकाहरु यसअघि उक्त गिरोह भारतका विभिन्न आपराधिक घटनामा पनि संलग्न रहेको अनुसन्धानको क्रममा खुलेको प्रहरीले बताएको छ । पक्राउ परेकाहरुको साथबाट अपहरणमा प्रयोग गरेको १ थान पेस्तोल, ५ राउण्ड गोली, ४ लाख ९५ हजार नगद, ना १९ प २८०८, ना ६२ प १०० र बिआर १ सिआर २४२५ नम्बरको गरी ३ वटा मोटरसाइकल पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका आठै जनाविरुद्ध अपहरण तथा शरीर बन्धक, डाँका, हतियार तथा खरखजाना एवं संगठित अपराध सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भइरहेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...