राज कार्कीको नेतृत्वमा नेपाल कपडा तथा सिलाई व्यवसायी संघ चयन
वि.सं.२०७९ पुस २४ आइतवार ०९:१२
1.9K
shares
काठमाडौं: नेपाल कपडा तथा सिलाई व्यवसायी संघ काठमाडौं जिल्लाको अध्यक्षमा युवा व्यवसायी राज कार्की सर्वसम्मत चयन भएका छन् ।
कार्की २१औं साधारणसभा एवं अधिवेशनबाट नयाँ नेतृत्वको कार्यसमितिमा सर्वसम्मत चयन भएका हुन् । कार्यसमितिको उपाध्यक्षमा उद्धव थापा मगर, सचिवमा बासुदेव पौडेल, सहसचिवमा विनोद छिनाल, कोषाध्यक्षमा लालु बैजू, सहकोषाध्यक्षमा रघुनाथ दाष निर्वाचित भएका छन् ।
कार्यसमिति सदस्यहरुमा भीम दर्नाल, दीपक परियार, संगिता लामिछाने, मृदुला शर्मा, झलककुमारी बगाले, देउरुपा थापा, बिनु श्रेष्ठ, सुशीला श्रेष्ठ, पार्वती भट्टराई, नविन नेपाली र आयुष परियार छन् ।
कार्यक्रम नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको हो । उद्घाटन कार्यक्रम निबर्तमान अध्यक्ष चन्द्र रणपहेलीको अध्यक्षतामा भएको थियो ।
व्यावसायिक हकहितका क्षेत्रमा आफूहरुले काम गर्ने नवनिर्वाचित अध्यक्ष कार्कीले प्रतिबद्धता व्यक्त गरेका छन् । सर्वसम्मत निर्वाचित गराउने सम्पूर्ण सदस्यहरुप्रति आभार व्यक्त गर्दै उनले सबैको भावनालाई समेटेर संस्थाको नेतृत्व गर्ने बताए ।
वि.सं.२०७९ पुस २४ आइतवार ०९:१२




















