Rajshow Bivag

सन्दीप लामिछानेलाई थप चार दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले दियो अनुमति

Departmant of helth services

 

काठमाडौं: नाबालिगलाई बलात्कारको आरोपमा पक्राउ परेका सन्दीप लामिछानेलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।

 

पछिल्लो पटक २७ असोजमा अदालतले पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

 

प्रहरीले अनुसन्धान सकाएपछि प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंसमक्ष पेस गर्नेछ । त्यसपछि थुनछेकको बहसको काम सुरू हुनेछ ।

 

२० असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका उनीमाथि प्रहरीले २० असोजबाटै गणना हुने गरी पहिलोपटक गत २४ असोजमा सात दिनको म्याद थप गरेको थियो ।

 

असोज २७ गतेबाट लागू हुने गरि पाँच दिनको हिरासतमा राख्ने म्याद हिजो सकिएको थियो । तर, मंगलबार सार्वजनिक बिदा परेकोले उनलाई म्याद थपका लागि बुधबार पुनः अदालतमा पेश गरिएको थियो ।

 

सन्दीपलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले म्याद दिएको हो । सन्दीपविरुद्ध भदौ २१ गते प्रहरी बृत्त गौशालामा एक बालिकालाई बलात्कार गरेको भन्दै उजुरी परेको थियो । यस्तै भदौ २३ गते काठमाडौं जिल्ला अदालतले सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

 

सन्दीपले काठमाडौंकी १७ वर्षीया नाबालिगलाई भदौ ५ गते भक्तपुरको नगरकोट पुर्याएको र त्यसपछि काठमाडौंको एक होटलमा ल्याएर रातको समय जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ ।

 

सन्दीपले आफुविरुद्ध झुटो आरोप लागेको बताउँदै कानुनी लडाई लड्ने बताउँदै आएका छन् । उनले आफु निर्दोष रहेको र आफुले छिटो भन्दा छिटो न्याय पाउनेमा विश्वस्त रहेको बताउँदै आएका छन् ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
सन्दीप लामिछानेले पाए सफाई, क्यानले विश्वकप खेल्न पठाउने

सन्दीप लामिछानेले पाए सफाई, क्यानले विश्वकप खेल्न पठाउने

वि.सं.२०८१ जेठ २ बुधवार १९:१४

काठमाडौं: उच्च अदालत पाटनले क्रिकेटर सन्दिप लामिछाने निर्दोष भएको ठहर...

हेर्नुहोस् आज २०८१ जेठ २ गते बुधबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ २ गते बुधबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ २ बुधवार ०६:२५

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...

सन्दीप लामिछानेविरुद्धको मुद्दा हेर्दाहेर्दैमा, जवाफी बहस भोलि

सन्दीप लामिछानेविरुद्धको मुद्दा हेर्दाहेर्दैमा, जवाफी बहस भोलि

वि.सं.२०८१ जेठ १ मंगलवार १८:४१

  काठमाडौं: क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको बहस ‘हेर्दाहेर्दै’मा परेको छ...

आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रमको पूर्णपाठसहित

आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रमको पूर्णपाठसहित

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५३

  काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा...

संघीय संसद भवनमा भित्र नीति तथा कार्यक्रम बाहिर फोटो सेशन… (तस्बिरहरू)

संघीय संसद भवनमा भित्र नीति तथा कार्यक्रम बाहिर फोटो सेशन… (तस्बिरहरू)

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२८

  काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति...

नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने कांग्रेसको निर्णय

नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने कांग्रेसको निर्णय

वि.सं.२०८१ जेठ १ मंगलवार ११:१३

  काठमाडौं: नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा...