काठमाडौंमा भूकम्पको धक्का, नेपाल-चीन सीमा क्षेत्रमा ५.९ म्याग्निच्यूडको भूकम्प गएको पुष्टि
वि.सं.२०७९ कात्तिक २ बुधवार १५:४१
2.3K
shares
काठमाडौं: काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । आज दिउँसो करिब ३ बजेर ८ मिनेटको समयमा उपत्यकामा भूकम्पको धक्का महसुस भएको हो ।
नेपाल चीन सीमा क्षेत्रमा दिउँसो ५.९ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले सिन्धुपाल्चोक नजिकै पर्ने नेपाल चीन सीमा क्षेत्रमा ३ बजेर ७ मिनेटमा भूकम्प गएको जनाएको छ ।
भूकम्पको झड्का सिन्धुपाल्चोकसहित राजधानी र आसपासका जिल्ला धादिङ, गोरखा र चितवनमा मनि महसुस भएको थियो । हालसम्म भूकम्पबाट भएको क्षतिबारे कुनै विवरण प्राप्त भएको छैन ।
वि.सं.२०७९ कात्तिक २ बुधवार १५:४१



















