YouTube Link

प्रकाशमान सिंहले गरे चुनावी प्रतिवद्धतापत्र सार्वजनिक, निःशुल्क वाई फाई जोनदेखि फ्लाईओभर अण्डरपाससम्मको योजना

Facebook Link

 

काठमाडौं: काठमाडौं निर्वाचन क्षेत्र नं‍ १ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले आफ्नो चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन् ।

 

प्रतिबद्धतापत्रमा सिंहले आफ्नो निर्वाचन क्षेत्रमा निःशुल्क वाई फाई जोनदेखि फ्लाईओभर र अण्डरपाससम्म निर्माण गर्ने उल्लेख गरेका छन् ।

 

‘निर्वाचन क्षेत्रवासीलाई डिजिटल प्रविधिसँग जोडिन निःशुल्क तालिम र सूचना प्रविधिको पहुँच बढाउन निःशुल्क वाई फाई जोनको व्यवस्था गर्ने,’ प्रतिबद्धतापत्रमा भनिएको छ, ‘उच्च सवारी चाप हुने क्षेत्रमा अनिवार्य ओभरहेड पुल निर्माण, मुख्य सडकमा सम्भाव्यता अध्ययन गरी फ्लाईओभर वा अन्डरपास बनाउने ।’ प्रतिवद्धतापत्रमा छ ।

 

युवालाई सीप तथा दक्षता अभिवृद्धि तालिममार्फत स्वदेशमै क्षमता अनुसारको रोजगारी सुनिश्चितता गर्ने प्रतिबद्धता पनि सिंहले जनाएका छन् । उनले निर्वाचन क्षेत्रलाई शून्य फोहोर मैला उत्सर्जन क्षेत्र बनाउन आवश्यक पहल गर्ने समेत उल्लेख गरेका छन् ।

 

‘सरकारबाट प्राप्त हुने निःशुल्क औषधी प्राप्त हुने स्थानबारे आमजनतालाई सुसूचित गर्ने र त्यस्ता औषधी निःशुल्क उपलब्ध गराउने,’ प्रतिबद्धता पत्रमा भनिएको छ, ‘स्वास्थ्य बीमालाई प्रभावकारी बनाउने ।’

 

प्रतिबद्धता पत्रमा उनले स्वच्छ पिउने पानी उपलब्ध गराउन हर सम्भव प्रयत्न गर्ने, मेलम्चीको पूरक स्रोत खोजी गर्ने, २१औँ शताब्दी युग सुहाउँदो सुरक्षित मार्ग, सीसीटीभी क्यामेरा जडित टोल, सडक निर्माण गर्ने, बागमती, रुद्रमती र इच्छुमती स्वच्छ र सफा राख्ने, बागमती कोरिडोरमा हरियाली पार्क निर्माण गर्ने लगायतका वाचा पनि गरेका छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...