YouTube Link

फुटको संघारमा जसपा

Facebook Link

 

काठमाडौं: जनता समाजावदी पार्टी (जसपा) फुटको संघारमा पुगको छ ।

 

पार्टीको संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र पार्टी अध्यक्ष उपेन्द्र यादवबीच अहिले पानी बाराबरको अवस्था सिर्जना भएपछि पार्टी फुटको संघारमा पुगेको हो ।

 

विशेषतः अलिहे पार्टीभित्र स्थानीय तहको निर्वाचनलाई लिएर विवाद चर्किएको छ ।

 

यादव पक्षले स्थानीय तहको निर्वाचनका सन्दर्भमा छलफल गर्न केन्द्रीय समितिको बैठक नबोलाएपछि भट्टराईपक्ष रुष्ट हुन पुगेको छ  ।

 

अध्यक्ष यादवले टिकट बाँड्दा संस्थागत निर्णय नगरेको, सत्ता गठबन्धनसँगको निर्णयमा पार्टीमा परामर्श नगरेको, अर्को अध्यक्षमा वरिष्ठ नेता अशोक राईलाई चयन गर्न अनिच्छा देखाएको आरोप भट्टराई पक्षको छ ।

 

पार्टीभित्र उत्पन्न असन्तुष्टिका विषयमा छलफल गर्न केन्द्रीय समिति बैठकको माग गर्दै आए पनि अध्यक्ष यादवले बेवास्ता गरेको पनि सो पक्षको भनाई छ ।

 

जसपाले स्थानीय तहको निर्वाचन समीक्षा जिल्लाबाट संकलन गर्न असार १५ सम्म म्याद तोकेको छ ।

 

पार्टीभित्र सामूहिक निर्णय गर्न गत फागुन ३० मा केन्द्रीय समितिले संघीय परिषद् अध्यक्ष भट्टराई, कार्यकारिणी अध्यक्ष यादव र वरिष्ठ नेता राई रहेको ‘मुख्यालय’ गठन गरेको थियो ।

 

तर निर्णय अध्यक्ष यादवले एकलौटी रूपमा गर्दै आएको आरोप लगाइएको छ । भट्टराई पक्षले यादवकै कारण जित्ने क्षेत्र पनि हारेको बताउँदै आएको छ ।

 

गठबन्धन र चुनावको टिकट वितरणका विषयमा जसपाभित्र ठाउँ-ठाउँमा विवाद भइरहेको छ । धनुषामा मंगलबार भएको चुनावी समीक्षामा दुई पक्षबीच कुटाकुट नै भएको थियो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...