YouTube Link

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तीनसय मजदुरमाथि यस्तो अन्याय

World Cup 2026
Facebook Link

 

काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थलमा काम गर्ने करिब ३०० जना मजदुरले एक वर्षदेखि सामाजिक सुरक्षाको पैसा पाएका छैनन् ।

 

विमानस्थलले उनीहरुको पैसा रोकेका पैसाका कारण अहिले मारमा परेका छन् ।

 

उक्त विषयको श्रम मन्त्रालयले खोजीनिति समेत गरेको छ । विमानस्थल कार्यालयलाई श्रमिकको सामाजिक सुरक्षा कोषमा योगदान गर्नुपर्ने रकम भुक्तानी तत्काल गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले यही जेठ १२ गते पत्र समेत काटेको छ ।

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरसफाइमा खटिने मजदुरको सामाजिक सुरक्षाको पैसा १ वर्षदेखि रोकेको विषयमा श्रम मन्त्रालयले विमानस्थल कार्यालयको ध्यानाकर्षण गराउँदा समेत उक्त योगदानवापतका रकम जम्मा भएको छैन् ।

 

विमानस्थल कार्यालयले भुक्तानी गर्नुपर्ने मिसन इन्नोभेटिभ एचआरजेभीका १५० जनासहित करीब ३०० मजदुरको सामाजिक सुरक्षामा पठाउनुपर्ने रकम विमानस्थल कार्यालयकै कर्मचारीको असहयोगका कारण कोषमा जम्मा नभएको बताईएको छ ।

 

मन्त्रालयले पठाएको पत्रअनुसार त्रिभुवन विमानस्थल कार्यालयले श्रम विभागले जेठ ५ गते पठाएको पत्रलाई बेवास्ता गरेको, मजुदरले गत २०७८ वैशाखदेखि नै पाउनुपर्ने सामाजिक सुरक्षा कोषको रकम नपाएको उल्लेख छ ।

 

विमानस्थल कार्यालयले इन्नोभेटिभमार्फत आपूर्ति गरिएका मजदुरको सामाजिक सुरक्षामा योगदान गर्नुपर्ने रकम जम्मा गरिदिनुपर्ने उल्लेख छ । विमानस्थल कार्यालयले कम्पनीको सम्झौताको समय २०७९ असारसम्म थप गरेको छ ।

 

समय थप गर्ने सम्झौता नवीकरण भएपछि दिने भनिएको रकम मजदुरले अझै पाएका छैनन् । मजदुरको सामाजिक सुरक्षा कोषमा जम्मा हुनुपर्ने रकम तत्कालै जम्मा गरेर ७ दिनभित्र जानकारी दिन पनि विभागले विमानस्थललाई काटेको पत्रमा उल्लेख छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...