YouTube Link

सर्वनाम शिक्षालयका होस्टेल वार्डेनमाथि यौन दुर्व्यवहारको आरोप

Facebook Link

काठमाडौं: जोरपाटीस्थित सर्वनाम शिक्षालयका होस्टेल वार्डेनले होस्टलमा बस्ने छात्राहरूमाथि यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थी र अभिभावक आन्दोलित भएका छन् ।

होस्टेलमा बस्ने छात्राहरूले यौन दुर्व्यवहारको आरोप लगाएका वार्डेन पक्राउ नगरिएको भन्दै शिक्षालय अगाडि आन्दोलन गरिएको हो ।

पीडित छात्राका अभिभावक आज विद्यालयमा गएर उजुरी गरेपछि प्रहरीको टोली त्यहाँ पुगेको हो । केहीबेर त्यहाँ तनाव समेत भएको प्रहरीले जनाएको छ ।

विद्यार्थीले उक्त गुनासो प्रहरीमा समेत जाहेर गरेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले घटनालाई गम्भीर रुपमा लिएको बताएका छन् ।

उनले भने,  ‘हामीकहाँ जानकारी आएको छ । घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान गरिरहेका छौं । आरोपित वार्डेनको खोजी भइरहेको छ ।’

होस्टेलमा बस्ने तीनजना छात्रामाथि दुर्व्यवहार भएको बताइएको छ । छात्राहरुले अभिभावकलाई सुनाएपछि विद्यालयमा केहीबेर तनाव भएको थियो । त्यसपछि प्रहरी पुगेर घटनाबारे बुझिरहेको मैनालीले बताएका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...