१६ वर्षीय कविता सुनुवारको बलात्कारपछि हत्या, दुई जना पक्राउ

 

उदयपुर: उदयपुरमा गत मंगलबार १६ वर्षीय एक किशोरीको हत्या गरिएको अवस्थामा शव फेला पर्यो । बेलका नगरपालिका ६ किराँत चोककी १६ वर्षीया कविता सुनुवार मंगलबार शव फेला परेको थियो ।

 

उनको हत्या भएपछि त्यसको प्रहरीले अनुसन्धान अगाडी बढायो र अनुसन्धानबाट बलात्कारपछि हत्या भएको पत्ता लाग्यो ।

 

उनको हत्या आशंकामा उकै साथी सरिता ढकाल खत्री र उनकै नातामा दाजु पर्ने विनोद ढकाल खत्रीलाई प्रहरीले अहिले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

 

स्थानीय कोशी जनता माध्यामिक विद्यालयमा कक्षा १० अध्ययनरत कविताको  घरदेखि केही पर बेलका ३ डंगटोलस्थित यशोदा खोलामा बलात्कारपछि रहस्यमय तरिकाले हत्या भएको थियो ।

 

उनको हत्या भएको  खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय रामपुरका इन्स्पेक्टर तेजप्रसाद दाहाल नेतृत्वको टोली घटनास्थल पुग्दा कविताको मृत्यु भईसकेको थियो ।

 

उनको बलात्कारपछि हत्या भएको आशंकामा पक्राउ परेका बिनोद भारतको सिक्कीम राज्य वियुङ स्थायी घर भई बेलका ३ स्थित काका जितबहादुर ढकाल खत्रीको घरमा बस्दै आएको प्रहरी भनाई छ ।

 

सँगै स्कुल गएका उनीहरुमध्ये कविताको हत्या हुनुले सरितातर्फ पनि शंकाको सुई घुमेको प्रहरीले बताएको छ । उनीहरु दुवैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान थालेको जनाइएको छ ।

 

जिल्ला प्रहरी प्रमुख एसपी सुभाषचन्द्र बोहराका अनुसार किशोरीको बलात्कार गरी  टाउको पछाडि ढुंगाले हिर्काएर हत्या भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

 

विस्तृत सत्यतथ्य खुल्न भने पोष्टमार्टम रिपोर्ट नै पर्खनुपर्ने एसपी बोहराले बताएका छन् ।

 

मृतक कविताको शव पोष्टमार्टमका लागि बिपी स्वास्थ्य प्रतिष्ठान धरान पठाइएको र रिपोर्ट आउन बाँकी रहेकाले अहिल्यै सबै कुरा नखुल्ने उनी बताउँछन् ।

 

कविताको हत्या घट्नाले बेलकाबासीमा त्रास फैलिएको छ ।  पछिल्लो समय ८ महिने बालिकादेखि किशोरी महिलाहरुको एकपछि अर्को बलात्कार गर्दै हत्या हुन थालेपछि त्यसले मानिसमा थप भय सिर्जना गराएको छ ।

 

घटनामा संलग्नलाई पक्राउ गरी हदैसम्मको कारबाही गर्न स्थानीयदेखि लिएर अधिकारकर्मीहरुले माग गरेका छन् ।

 

NRB Bank Ad
Salt Trading
Nishana Seving AD

KMC Advertisment
Kumari Bank AD
Alice Education home sports
देउवाबिरुद्ध यसरी जाईलाग्दै कोईराला

देउवाबिरुद्ध यसरी जाईलाग्दै कोईराला

वि.सं.२०७९ असार १६ बिहीवार १०:४६

  काठमाडौ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधि...

समाजवादी कांग्रेसले मनायो राष्ट्रिय नागरिक आन्दोलन घोषणा दिवस र धान दिवस

समाजवादी कांग्रेसले मनायो राष्ट्रिय नागरिक आन्दोलन घोषणा दिवस र धान दिवस

वि.सं.२०७९ असार १६ बिहीवार १०:४५

  काठमाडौं: संवैधानिक प्रजातन्त्रको हिमायती नेपाल समाजवादी कांग्रेसले राष्ट्रिय नागरिक...

बलिउड अभिनेत्री स्वरा भास्करको ज्यान खतरामा

बलिउड अभिनेत्री स्वरा भास्करको ज्यान खतरामा

वि.सं.२०७९ असार १६ बिहीवार ०८:४६

  एजेन्सी : बलिउडमा एकपछि अर्को स्टारलाई ज्यानै सिध्याउनगरी धम्की...

काठमाडौंका सडकमा खानेकुरा बेच्न निषेध

काठमाडौंका सडकमा खानेकुरा बेच्न निषेध

वि.सं.२०७९ असार १५ बुधवार ०८:३२

  काठमाडौं: काठमाडौं महानगरपालिकाले हिजोदेखि सडकमा खानेकुरा बेच्न निषेध गरेको...

धानको महत्व र गरिमा संस्कृतिसँग

धानको महत्व र गरिमा संस्कृतिसँग

वि.सं.२०७९ असार १५ बुधवार ०७:१७

  काठमाडौं: असारको १५ अर्थात् धान दिवस नेपालमा बुधबार औपचारिक...

हेर्नुहोस् आज २०७९ असार १५ गते बुधबारको राशिफल

हेर्नुहोस् आज २०७९ असार १५ गते बुधबारको राशिफल

वि.सं.२०७९ असार १५ बुधवार ०६:०६

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...