YouTube Link

राष्ट्रियसभा सदस्यको रिक्त १९ पदका लागि आज मतदान हुँदै

बिहान ९ बजेदेखि मतदान, कहाँ-कहाँ हुँदैछ मतदान ?

World Cup 2026
Facebook Link

 

 

काठमाडौं: राष्ट्रियसभा सदस्यको रिक्त १९ पदका लागि आज मतदान हुने भएको छ ।

 

देशका विभिन्न प्रदेशमा कायम रहेका ८ मतदानस्थल र १४ केन्द्रमा बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ ।

 

निर्वाचन आयोगले मतदानका लागि ७ प्रदेशका ८ वटा मतदानस्थल र १४ वटा मतदान केन्द्र तोकेको छ ।

 

मतदानका लागि स्वास्थ्य मापदण्ड अनिवार्य पूरा गर्नुपर्ने छ ।

 

प्रदेशमा कायम रहेका मतदाता सङ्ख्याको १० प्रतिशत बढी मतपत्र पठाइएको आयोगले जनाएको छ । निर्वाचनबाट सात महिला, तीन दलित, दुई अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र सात अन्य समूहका उम्मेदवार निर्वाचित हुनेछन् ।

 

निर्वाचनमा ५ सय ३२ प्रदेश सभा सदस्य र एक हजार चार सय ९३ स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् ।

 

स्थानीय तहका प्रमुखको मतभार १८ र प्रदेश सभा सदस्यको मतभार ४८ निर्धारण गरिएको छ ।

 

प्रदेश १ को विराटनगर, मधेस प्रदेशको जनकपुरधाम, बागमतीको हेटौँडा, गण्डकीको पोखरा, लुम्बिनीको दाङ, सुदूरपश्चिमको धनगढी, कर्णालीको सुर्खेतमा मतदान स्थल तोकिएको छ ।

 

निर्वाचनमा हरियो र रातो रंगको मतपत्र प्रयोग हुनेछ ।

 

रातो रंगको मतपत्र स्थानीय तहका प्रमुख र उपप्रमुखले प्रयोग गर्नेछन् भने हरियो रंगको मतपत्र प्रदेश सभा सदस्यले प्रयोग गर्ने छन् ।

 

प्रदेश १, गण्डकी लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा तीन-तीन पदका लागि र मधेश प्रदेश र बागमतीमा दुई–दुई जना निर्वाचित हुनेछन् ।

 

नौ दलका ४३ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

 

सत्ता गठबन्धनमा रहेका पाँच दलले संयुक्त रुपमा उम्मेदवारी दिएका छन् भने  एमालेले भने मधेस वाहेकका सबै प्रदेशमा आफ्नो एकल उम्मेदवारी दर्ता गराएको छ। मधेश प्रदेशमा लोकतान्त्रिक समाजवादी र एमालेको गठबन्धन रहेको छ ।

राष्ट्रिय सभामा २० सांसदको आगामी फागुन २० गते पदावधि सकिँदैछ ।

 

एक जना भने राष्ट्रपतिबाट मनोनित गर्ने व्यवस्था छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

वि.सं.२०८३ जेठ २० बुधवार १३:५१

काठमाडौं: नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले...