YouTube Link

१० किलो अवैध लागूऔषध चरेशसहित एक महिला पक्राउ

Facebook Link

 

काठमाडौं: वीरगञ्ज महानगरपालिका-१६ शंकराचार्य गेटबाट करिब १० किलो अवैध लागूऔषध चरेशसहित रौतहट पिपरीया परेवा घर भएकी ४२ वर्षीया रञ्जु देवीलाई प्रहरीले पक्राउ गरेको छ ।

 

प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले बुधबार राति उक्त चरेश सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

 

यसैगरी धादिङ, गजुरी गाउँपालिका-२ मलेखुबाट करिब ५ किलो अवैध लागूऔषध गाँजा सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २० वर्षीय सुन्दर तामाङ र चितवन भण्डारा बस्ने १८ वर्षीय किशोर रहेका छन् ।

 

प्रहरी चौकी मलेखुबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुले बोकेको झोलामा उक्त गाँजा फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

 

कञ्चनपुर, बेदकोट नगरपालिका-३ दैजिमा किराना पसल गरी बस्ने सोही नगरपालिका-१ घर भएका ३६ वर्षीय अगुन डगौरालाई करिब ४६ ग्राम २७ मिलिग्राम अवैध लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

 

अस्थाई प्रहरी पोष्ट दैजीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको  हो ।

 

यसैगरी कञ्चनपुर, दोधारा चाँदनी नगरपालिका-७ मिलन चौराहबाट करिब १८ ग्राम ४ सय ७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २२ वर्षीय प्रेम सिह ठगुन्ना र सोही ठाउँ बस्ने १९ वर्षीय युवराज बिश्वास रहेका छन् ।

 

ईलाका प्रहरी कार्यालय चाँदनीबाट खटिएको प्रहरीले उक्त पदार्थ सहित फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

 

सुनसरी, ईनरुवा नगरपालिका-८ भिट टोलबाट लागूऔषध सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेहरुमा भोक्राहा नरसिंह गाउँपालिका-१ बस्ने ३५ वर्षीय अलिहक मन्सुरी र ईनरुवा नगरपालिका-८ बस्ने ३४ वर्षीय संजिव साह रहेका छन् ।

 

साईकलमा आउँदै गरेका उनीहरुलाई प्रहरी चौकी डुम्राबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा साइकल चालक मन्सुरीको साथबाट नियन्त्रित लागूऔषध २२ ट्याब्लेट नाईट्रोजन र २ ट्याब्लेट स्पास्मोप्रोकस्भिन तथा साइकलमा सवार साहको साथबाट करिब ३० ग्राम अवैध लागूऔषध गाँजा फेला पारी पक्राउ गरेको हो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १४:२०

काठमाडौं: प्रहरी महानिरीक्षक देशको हुन्छ । अनुसन्धानमा रहेको कुनै व्यक्तिले...

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १३:०८

काठमाडौँ । पुराना राजनीतिक दलहरूले राज्यका निकायलाई दलिय भागबन्डा र...

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १२:००

काठमाडौं: नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले नेपालका पत्रकार,...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...