YouTube Link

१० किलो अवैध लागूऔषध चरेशसहित एक महिला पक्राउ

Facebook Link

 

काठमाडौं: वीरगञ्ज महानगरपालिका-१६ शंकराचार्य गेटबाट करिब १० किलो अवैध लागूऔषध चरेशसहित रौतहट पिपरीया परेवा घर भएकी ४२ वर्षीया रञ्जु देवीलाई प्रहरीले पक्राउ गरेको छ ।

 

प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले बुधबार राति उक्त चरेश सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

 

यसैगरी धादिङ, गजुरी गाउँपालिका-२ मलेखुबाट करिब ५ किलो अवैध लागूऔषध गाँजा सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २० वर्षीय सुन्दर तामाङ र चितवन भण्डारा बस्ने १८ वर्षीय किशोर रहेका छन् ।

 

प्रहरी चौकी मलेखुबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुले बोकेको झोलामा उक्त गाँजा फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

 

कञ्चनपुर, बेदकोट नगरपालिका-३ दैजिमा किराना पसल गरी बस्ने सोही नगरपालिका-१ घर भएका ३६ वर्षीय अगुन डगौरालाई करिब ४६ ग्राम २७ मिलिग्राम अवैध लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

 

अस्थाई प्रहरी पोष्ट दैजीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको  हो ।

 

यसैगरी कञ्चनपुर, दोधारा चाँदनी नगरपालिका-७ मिलन चौराहबाट करिब १८ ग्राम ४ सय ७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २२ वर्षीय प्रेम सिह ठगुन्ना र सोही ठाउँ बस्ने १९ वर्षीय युवराज बिश्वास रहेका छन् ।

 

ईलाका प्रहरी कार्यालय चाँदनीबाट खटिएको प्रहरीले उक्त पदार्थ सहित फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

 

सुनसरी, ईनरुवा नगरपालिका-८ भिट टोलबाट लागूऔषध सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेहरुमा भोक्राहा नरसिंह गाउँपालिका-१ बस्ने ३५ वर्षीय अलिहक मन्सुरी र ईनरुवा नगरपालिका-८ बस्ने ३४ वर्षीय संजिव साह रहेका छन् ।

 

साईकलमा आउँदै गरेका उनीहरुलाई प्रहरी चौकी डुम्राबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा साइकल चालक मन्सुरीको साथबाट नियन्त्रित लागूऔषध २२ ट्याब्लेट नाईट्रोजन र २ ट्याब्लेट स्पास्मोप्रोकस्भिन तथा साइकलमा सवार साहको साथबाट करिब ३० ग्राम अवैध लागूऔषध गाँजा फेला पारी पक्राउ गरेको हो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...