YouTube Link

विप्लव समूहको नेपाल बन्दका कारण जनजीवन प्रभावित, त्रासले शैक्षिक संस्था बन्द, यातायात पनि प्रभावित

Facebook Link

काठमाडौं: विप्लव समूले आह्वान गरेको नेपाल बन्दका कारण देशभरको जनजीवन प्रभावित भएको छ । भोजपुरमा प्रहरीको गोलीबाट कार्यकर्ता तीर्थराज घिमिरे मारिएको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सोमबार गरेको बन्दका क्रममा सवारीसाधनमा आगजनी भएको छ ।

बन्दको प्रभाव उपत्यका र देशका विभिन्न जिल्लामा पनि परेको छ । विप्लवले बन्द घोषणा गरेपछि राजधानी उपत्यकाका शैक्षिक संस्थाले पठन पाठन नहुने सूचना पठाएका छन् । बन्दले गर्दा देशका विभिन्न जिल्लामा लामो तथा छोटो दुरीका सवारीसाधन चल्न समस्या भएको छ । राजधानीको घट्टेकुलो र सुकेधारामा भएको विस्फोटमा चारजनाले आइतवार ज्यान गुमाएपछि सर्सवाधरण त्रसित भएका छन् ।

बन्दका कारण अधिकांश जिल्लामा सवारी सञ्चालनमा आएका छैनन् भने उद्योग, कलकारखाना र शिक्षण संस्थान पनि ठप्प रहेका छन् । बिहानैदेखि देशका विभिन्न स्थानमा संखासपद बस्तु भेटिएका छन् । मोरङको बुढिगँगा गाउँपालिका १ कोशी कोशी राजमार्गमा, सुन्दरहरैंचाको वडा नम्बर ७ ठडियामा र पाथीभरा टोलमा शङ्कास्पद वस्तु फेला परेको छ ।

त्यस्तै अर्घाखाँची बागीखोलाको कच्बे पुल नजिकै र सन्धिखर्कस्थित आवसीय माविमा पनि शंकास्पद वस्तु फेला परेको छ । त्यस्तै बाराको जीतपुरसिमरा उपमहानगरपालिका-३, बजनीमा एपी ३१ एक्स ६३१६ नम्बरको लरीमा आगजनी भएको छ । मकवानपुरको थाहा नगरपालिका-१ कुन्छाल नजिकै ना ६ ख ८००७ नम्बरको आइचर गाडी जलाइएको छ ।

त्यस्तै हेटौंडाको चौकीटोलमा प्रहरी चौकी नजिकै ना ७ ख ९४९३ नम्बरको मिनी ट्रकमा आगजनी भएको छ । हेटौंडाको बुद्धचोकमा, तनहुँका दुई स्थानमा, पोखराका दुइ स्थानमा रौतहट, धादिङ भक्तपुरमा पनि बम फेला परेका छन् । देशका विभिन्न स्थानमा बम भेटिएपछी देशभरको सुरक्षा व्यवस्था चुस्त बनाइएको छ । बन्दका क्रममा कुनै अप्रिय घटना नहोस् भनेर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Nishana Seving AD
बाहिरी भेटघाटका लागि सशस्त्र प्रहरीमा कडाइ

बाहिरी भेटघाटका लागि सशस्त्र प्रहरीमा कडाइ

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:३३

काठमाडौं: सशस्त्र प्रहरी बल नेपालमा बाहिरी भेटघाटमा कडाइ गरिएको छ...

रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि

रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:१८

चितवन: राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि चितवनमा...

हिमाली भू-भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

हिमाली भू-भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:०९

काठमाडौं: हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम...

हेर्नुहोस् आज २०८२ कात्तिक २१ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ कात्तिक २१ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:०३

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

नेपाल युएई त्रिकोणात्मक सिरिजको सबै खेलमा पराजित

नेपाल युएई त्रिकोणात्मक सिरिजको सबै खेलमा पराजित

वि.सं.२०८२ कात्तिक २० बिहीवार ०७:१९

काठमाडौं: आसिसी क्रिकेट विश्वकप लिग-टु अन्तर्गत नेपालले युएई त्रिकोणात्मक सिरिजको...

१०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने

१०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने

वि.सं.२०८२ कात्तिक २० बिहीवार ०६:५२

काठमाडौं: १०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने भएको छ...