YouTube Link

उपत्यकामा बम आतंकः मृत्यु हुनेको संख्या ४ पुग्यो, सुरक्षा व्यवस्था कडा पार्न गृहमन्त्रीको निर्देशन

Nepali Sena Suvakamana Dashain
Facebook Link

काठमाडौं: काठमाडौंको विभिन्न स्थानमा भएको श्रृंखलाबद्ध विष्फोटमा परि ४ जनाले ज्यान गुमाएका छन् भने अन्य ८ जना घाइते भएका छन् । काठमाडौंको सुकेधारा र अनामनगर-घट्टेकुलोमा भएको विस्फोटमा यो हताहती भएको हो ।

राजधानीका विभिन्न स्थानमा एक पछि अर्को स्थानमा बम विस्फोट भएपछि गृहमन्त्रालयमा सुरक्षा समितिको आकस्मिक बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलले देशभरको सुरक्षा व्यवस्था चुस्त बनाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

सुकेधारास्थित हेयरकटिङ सैलुनमा हिजो दिउसो साढे ४ बजेतिर विस्फोट भएको थियो भने त्यसको केही समय पछि अनामनगरमा सोही प्रकृतिको विष्फोट भएको थियो । सुकेधारा विस्फोटमा घटनास्थलमै दुई जना, घट्टेकुलोमा एकजना र उपचारको क्रममा ओम अस्पतालमा एकजनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

घटनास्थलमा प्रतिबन्धित विप्लव समूहको नेपाल बन्द सम्बन्धि पर्चा पनि फेला परेको प्रहरीले बताएको छ । प्रत्यक्षदर्शीका अनुसार सुकेधारमा ७ जनाको समूहमा आएका अपरिचित ब्यक्तिले बम राखेर गएको र केही समय पछाडी नै विस्फोट भएको थियो ।

यस्तै काठमाडौं भित्रिने नाका नागढुंगामा आफैंले बोकेर ल्याउँदै गरेको बम विष्फोट हुँदा दुईजना घाइते भएका छन् । यता, ललितपुरको लगनखेल बसपार्क, ग्वार्को र सानेपामा भेटिएको प्रेसर कुकर बम नेपाली सेनाको डिष्पोजल टोलिले निष्क्रिय पारेको थियो ।

राजधानीका विभिन्न स्थानमा शृङ्खलाबद्ध बम विस्फोट र शंकापद वस्तु भेटिरहेका बेला कोटेश्वरबाट प्रहरीले विप्लव समूहका सातजना कार्यकर्ता पक्राउ गरेको छन् । उनीहरुको साथबाट चारवटा प्रेसर कुकरसमेत बरामद गरेको प्रहरीले जनाएको छ । काठमाडौंमा भएको श्रृंखलाबद्ध विष्फोटको घटनाले जनमानसमा त्रास फैलिएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

वि.सं.२०८३ कात्तिक ७ शनिवार १५:५५

कार्तिक ४ गते सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको...

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

वि.सं.२०८३ कात्तिक ५ बिहीवार १३:५१

वेबसाइट निर्माणमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा...

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...