YouTube Link

उपत्यकामा बम आतंकः मृत्यु हुनेको संख्या ४ पुग्यो, सुरक्षा व्यवस्था कडा पार्न गृहमन्त्रीको निर्देशन

Facebook Link

काठमाडौं: काठमाडौंको विभिन्न स्थानमा भएको श्रृंखलाबद्ध विष्फोटमा परि ४ जनाले ज्यान गुमाएका छन् भने अन्य ८ जना घाइते भएका छन् । काठमाडौंको सुकेधारा र अनामनगर-घट्टेकुलोमा भएको विस्फोटमा यो हताहती भएको हो ।

राजधानीका विभिन्न स्थानमा एक पछि अर्को स्थानमा बम विस्फोट भएपछि गृहमन्त्रालयमा सुरक्षा समितिको आकस्मिक बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलले देशभरको सुरक्षा व्यवस्था चुस्त बनाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

सुकेधारास्थित हेयरकटिङ सैलुनमा हिजो दिउसो साढे ४ बजेतिर विस्फोट भएको थियो भने त्यसको केही समय पछि अनामनगरमा सोही प्रकृतिको विष्फोट भएको थियो । सुकेधारा विस्फोटमा घटनास्थलमै दुई जना, घट्टेकुलोमा एकजना र उपचारको क्रममा ओम अस्पतालमा एकजनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

घटनास्थलमा प्रतिबन्धित विप्लव समूहको नेपाल बन्द सम्बन्धि पर्चा पनि फेला परेको प्रहरीले बताएको छ । प्रत्यक्षदर्शीका अनुसार सुकेधारमा ७ जनाको समूहमा आएका अपरिचित ब्यक्तिले बम राखेर गएको र केही समय पछाडी नै विस्फोट भएको थियो ।

यस्तै काठमाडौं भित्रिने नाका नागढुंगामा आफैंले बोकेर ल्याउँदै गरेको बम विष्फोट हुँदा दुईजना घाइते भएका छन् । यता, ललितपुरको लगनखेल बसपार्क, ग्वार्को र सानेपामा भेटिएको प्रेसर कुकर बम नेपाली सेनाको डिष्पोजल टोलिले निष्क्रिय पारेको थियो ।

राजधानीका विभिन्न स्थानमा शृङ्खलाबद्ध बम विस्फोट र शंकापद वस्तु भेटिरहेका बेला कोटेश्वरबाट प्रहरीले विप्लव समूहका सातजना कार्यकर्ता पक्राउ गरेको छन् । उनीहरुको साथबाट चारवटा प्रेसर कुकरसमेत बरामद गरेको प्रहरीले जनाएको छ । काठमाडौंमा भएको श्रृंखलाबद्ध विष्फोटको घटनाले जनमानसमा त्रास फैलिएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...