YouTube Link

नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट १३ पदाधिकारी सहित १३४ जना निर्वाचनबाट चुनिँदै

Facebook Link

 

काठमाडौं: नेपाली कांग्रेसको १४औं महाधिवेशन यहि २४ मंसिरदेखि काठमाडौंमा सुरु हुँदैछ ।

 

स्थानीय तह अन्तर्गत वडा, पालिका, क्षेत्र, जिल्ला र प्रदेशको अधिवेशन सकेपछि कांग्रेसको केन्द्रीय महाधिवेशन हुन लागेको हो ।

 

कांग्रेसले तल्लो तहदेखि नै सर्वसम्मत र निर्वाचनका माध्यमबाट कार्यसमिति चयन गर्दै आएको छ भने झन्डै आठ हजार कांग्रेसका नेता कार्यकर्ता पार्टीमा नयाँ आइसकेका छन् ।

 

पहिलो पटक कांग्रेसले प्रदेश संरचनाको अधिवेशन गरेको छ । प्रदेश २ बाहेक ६ वटै प्रदेश कार्यसमिति चयन भइसकेको छ ।

 

कांग्रेसको केन्द्रीय कार्यसमिति १ सय ३४ सदस्यीय हुनेछ । कोषाध्यक्ष बाहेक सबै निर्वाचित हुनेछन् । कांग्रेस विधानमा प्रवक्ताबारे केही उल्लेख नभए पनि पदाधिकारीकै हैसियत दिइएको छ ।

 

कोषाध्यक्ष र प्रवक्ता दुवै पदाधिकारी हुनेछन् ।

 

कांग्रेसमा सभापति, उपसभापति दुई, महामन्त्री दुई, सहमहामन्त्री आठ (खस-आर्य, जनजाति, महिला, मधेसी, मुस्लिम, थारु, दलित र पिछडिएको क्षेत्रबाट एक-एकजना) गरी १३ जना निर्वाचन मार्फत आउने छन् ।

 

केन्द्रीय सदस्य खुलातर्फ ३५ जना निर्वाचनबाट आउनेछन् । १३औं महाधिवेशनमा खुलातर्फ २५ जना निर्वाचनका माध्यमबाट आएका थिए । यसपटक भने १० जना थपिएको छ ।

 

सात वटै प्रदेशबाट महिलासहित २१ जना, खुला महिलाबाट ९, खस-आर्यबार्ट ६ महिलासहित १३, आदिवासी जनजातिबाट ७ महिला सहित १५, मधेसीबाट चार महिलासहित ९, दलितबाट ४ महिलासहित ९, थारुबाट २ महिला सहित ४, मुस्लिमबाट १ महिलासहित ४, पिछडिएको क्षेत्रबाट १, अल्पसंख्यकबाट १, अपांगता भएकाबाट १ गरी १ सय ३४ जनाको निर्वाचन हुनेछ ।

 

केन्द्रीय सभापतिको हकमा १५ वर्ष क्रियाशील सदस्य भएको हुनुपर्ने र बाँकी पदाधिकारी-सदस्यको हकमा १० वर्ष क्रियाशील सदस्यता लिए पुग्नेछ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...