YouTube Link

गैरआवासीय नेपाली संघ (एआरएनए) पोर्चुगलका अध्यक्ष गैरेलाई सामाजिक सम्मान

Facebook Link

पोर्चुगल: गैरआवासीय नेपाली संघ (एआरएनए) पोर्चुगलका अध्यक्ष तिलक गैरेलाई ट्वान्टी फोर न्युजप्रेस डट कम तथा एपीवान टेलिभिजनको दोश्रो वार्षिकोत्सवको अवसरमा कदर-पत्र प्रदान गरिएको छ ।

प्रवासमा रहेका नेपाली समाजका विविध विषयमा सामाजिक योगदान पुर्‍याएको भन्दै कदर पत्र प्रदान गरिएको एपीवान टेलिभिजनका अन्तर्राष्ट्रिय व्युरो समाचार प्रमुख विनय अधिकारीले बताए । करिब ९ महिना अघि एनआरएन पोर्चुगलको अध्यक्षमा निर्वाचित गैरे पछिल्लो समय विश्वभर फैलिएको कोरोना महामारीबाट प्रभावित नेपालीहरुको सहयोगमा जुटेका छन् । उनले कोरोना भाइरस संक्रमित नेपालीहरुलाई मात्र नभई समस्यामा परेका नेपालीहरुलाई समेत सहयोग गर्दै आइरहेका छन् । एनआरएन पोर्चुगलको अध्यक्षको हैसियतमा मात्र नभई व्यक्तिगत रुपमा पनि उनले आवश्यक सामग्रीहरु वितरण गर्दै आइरहेको बताइएको छ ।

कोरोनाका कारण रोजगारी गुमाएका नेपालीहरुलाई अवसरको खोजी गरेर रोजगारी दिलाउने काम एनआरएनले गर्ने पोर्चुगलका अध्यक्ष गैरेले बताए । ‘कोरोनाका कारण होटल, रेष्टुरेण्टमा कार्यरत नेपालीहरुको रोजगारी गुमेको छ । हामीले अवसरको खोजी गरेर काममा लगाउने कार्य गरिरहेका छौं,’ उनले भने, ‘प्रवासमा रहेका नेपालीहरुले कुनै पनि समस्या भोग्न नपरोस् भन्नेमा एनआरएन पोर्चुगल सचेत छ र त्यसमा सक्रिय भएर लागेका पनि छौं ।’

यसअघि पनि एनआरएन पोर्चुगलले विभिन्न कारणले जेलमा परेका नेपालीको उद्दार तथा रोजगारीको सिलसिलामा ज्यान गुमाएका मृतकका परिवारलाई सहयोग गर्दै आइरहेको छ । त्यस्तै अध्यक्ष गैरेले म्याग्दीको देविस्थान गाउँपालिका घर भई एक वर्षदेखि चार महिनाको बच्चासहित पोर्चुगल अलेन्तेजो जोनको साउतोतोनियो बस्दै आएकी दिवानी पुर्जालाई व्यक्तिगत रूपमा नगद सहयोग प्रदान गरेका छन् । पुर्जाको श्रीमान भने हाल नेपालमै भएको र काम पनि नभएका कारण आर्थिक कठिनाई परिरहेको थाहा पाएपछि अध्यक्ष गैरे उनको निवासमा पुगेर घरभाडा लगायत अन्य आवश्यक नगद सहयोग प्रदान गरेका हुन् ।

अध्यक्ष गैरेले नेपाल र नेपालीहरुका लागि महत्वकांक्षी योजनाहरु अघि सारेको भएपनि कोरोनाका कारण ती योजनाहरु अलपत्र परेको बताए । नेपालीहरुको समस्या समाधान गर्न एनआरएन पोर्चुगलले हेल्प डेस्क र नेपाली संस्कृती झल्काउने खालको संग्रहालय नेपाल हाउसको स्थापना गर्न कोरोनाका कारण रोकिएको छ । कोरोना संक्रमणको जोखिम कम भई स्थिति सामान्य भएपछि ती कामहरु शुरु हुने पनि उनले जानकारी दिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...