YouTube Link

पार्टी एकतापछि मधेशमा नेकपाको पहिलो आमसभा, प्रदेश-२ को बिकासमा संघीय सरकार सक्रिय: प्रधानमन्त्री ओली, बिशेष प्याकेज लिएर मधेशको बिकास: प्रचण्ड

Khanepani Dhal
Facebook Link

रौतहट: पार्टी एकतापछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले प्रदेश नम्बर २ को रौतहटमा पहिलो पटक सभाको आयोजना गरेको छ । रौतहटको गरुडामा आयोजित सभामा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश-२ को बिकासमा संघीय सरकार सक्रिय भएर लागेको बताउनुभयो ।

प्रदेश सरकारको बेटी बचाऔं, बेटी पढाऔं अभियानको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले मधेशको बिकास तथा समृद्धिको अभियानमा हातेमालो गर्न आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले मधेश केन्द्रित दलहरुलाई लक्षित गर्दै जनतालार्इ एकपटक झुक्याएर भोट पाइयो भन्दैमा नमात्तिन आग्रह गर्नुभयो ।

उहाँले छुट्टै मधेशको माग राख्नेहरु मुलधारको राजनीतिमा आउनु स्वागतयोग्य रहेकोसमेत बताउनुभयो । पार्टी एकताका विषयमा ओलीले छिट्टै तल्लो तहसम्मको एकता हुने भन्दै नेता तथा कार्यकर्तालाइ ढुक्क हुन आग्रह समेत गर्नुभयो ।

सभामा नेकपा अध्यक्ष पुष्पकमल दाहालले मधेशका जनताले लोकतन्त्र ल्याउन बिभिन्न समयको आन्दोलनमा बलिदानी दिएको स्मरण गर्दै जनतालार्इ अधिकार सम्पन्न बनाउन कानून निर्माण भैरहेको बताउनुभयो । उहाँले पहिलेको शासकले मधेशलाइ बिभेद गरेको र वर्तमान सरकार बिशेष प्याकेज लिएर मधेशको बिकासमा लागिपरेको दावी गर्नुभयो ।

सभामा बरिष्ठ नेता माधवकुमार नेपालले मधेशको बिकासका लागि दीर्घकालिन योजना संचालन गर्दै आएको बताउनुभयो । रौतहट जिल्ला कम्युनिष्ट आन्दोलनको इतिहास बोकेको जिल्ला रहेको स्मरण गर्दै किसान आन्दोलनको शुरुवात पनि रौतहटबाट भएको नेता नेपालले सो अवसरमा स्मरण गर्नुभयो ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
समुह चरणको अन्तिम खेलमा नेपाल र भारत भिड्दै

समुह चरणको अन्तिम खेलमा नेपाल र भारत भिड्दै

वि.सं.२०८२ वैशाख ३० मंगलवार १३:४८

काठमाडौं: भारतमा जारी साफ यु-१९ च्याम्पियनसिप अन्तर्गत आज समुह चरणको...

चौथो उपत्यकाव्यापी क्वान स्तरीय खुल्ला जुनियर उसु प्रतियोगितामा इष्टपोल एकेडेमी टिम प्रथम

चौथो उपत्यकाव्यापी क्वान स्तरीय खुल्ला जुनियर उसु प्रतियोगितामा इष्टपोल एकेडेमी टिम प्रथम

वि.सं.२०८२ वैशाख ३० मंगलवार १३:२७

काठमाडौं: जोरपाटी उसु क्वानको आयोजना तथा गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा...

‘जत्तुकु मुबा, आङीला जामे’ को नयाँ म्यूजिक भिडियो सार्वजनिक

‘जत्तुकु मुबा, आङीला जामे’ को नयाँ म्यूजिक भिडियो सार्वजनिक

वि.सं.२०८२ वैशाख २८ आइतवार १६:२२

काठमाडौं: तामाङ सांगीतिक इतिहासमा विशेष स्थान ओगटेको कालजयी गीत ‘जत्तुकु...

नेपालले पहिलो खेल श्रीलंकासँग खेल्दै

नेपालले पहिलो खेल श्रीलंकासँग खेल्दै

वि.सं.२०८२ वैशाख २८ आइतवार ११:१२

काठमाडौं: नेपालले साफ यु-१९ च्याम्पियनसिपको पहिलो खेल श्रीलंकासँग खेल्दैछ ।...

आज नीति तथा कार्यक्रम पारित हुँदै, संसदमा प्रधानमन्त्रीले जवाफ दिने

आज नीति तथा कार्यक्रम पारित हुँदै, संसदमा प्रधानमन्त्रीले जवाफ दिने

वि.सं.२०८२ वैशाख २८ आइतवार ०८:२६

काठमाडौं: प्रतिनिधिसभाको बैठकमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक...

पाकिस्तानद्वारा भारतका ११ शहरमा ड्रोन र मिसाइल आक्रमण

पाकिस्तानद्वारा भारतका ११ शहरमा ड्रोन र मिसाइल आक्रमण

वि.सं.२०८२ वैशाख २६ शुक्रवार ०९:२१

एजेन्सी: भारतीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानले लगातार दोस्रो दिन बिहीबार पनि...