लकडाउनको उल्लंघन गर्ने तीन सय बढी सवारीसाधन नियन्त्रणमा, कन्टेनरमा लुकेर वीरगञ्ज पुगेका ५२ जना पक्राउ
वि.सं.२०७६ चैत १२ बुधवार १२:०४
1K
shares
काठमाडौं: विश्वभर महामारीको रुपमा फैलिएको कोरोना नियन्त्रणका लागि नेपाल सरकारले गरेको एक साताका लागि मुलुकमा लकडाउन गरेको दोस्रो दिन देश सुनसान छ । काठमाडौंमा अत्यावश्यक बाहेकका सवारी सञ्चाुलन भएका छैनन् ।
बिहान दूध, तरकारी लगायतका अतिआवश्यक वस्तु खरिदका लागि सवारी सञ्चािलन भएको देखिए पनि दिउँसो सडक सुनसान छ । सडकमा सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ । अत्यावश्यक र पास लिएका बाहेकका सवारीलाई चल्न दिइएको छैन ।
सरकारले लागू गरेको लकडाउनको आदेश उल्लंघन गर्ने तीन सय भन्दा बढी सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट गाडी नियन्त्रणमा लिएको हो । पहिलो दिन कतिपयले लकडाउनलाई गम्भीर रुपमा नलिएपछि आजदेखि सडकमा सुरक्षाकर्मीले कडाई गरिरहेका छन् ।
यसैबीच सामान बोक्ने कन्टेनरभित्र लुकेर काठमाडौंबाट वीरगञ्ज पुगेका ५२ जना यात्रुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई मंगलबार मध्यराति वीरगञ्जको घण्टाघरबाट प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरु लकडाउन उल्लंघन गर्दै काठमाडौंबाट चितवनको भरतपुर, हेटौंडा हुँदै वीरगञ्ज पुगेका थिए ।
काठमाडौंमा सामान छाडेर वीरगञ्ज फर्किँदै गरेको ना ५ ख ९५५२ नम्बरको कन्टेनरमा मानिसहरु चढेका थिए । उनीहरुले कन्टेनर चालकलाई २/२ सय रुपैयाँ भाडा दिएको बताएका छन् ।
वि.सं.२०७६ चैत १२ बुधवार १२:०४



















