YouTube Link

युइएफए युरोपा लिगमा नेपोलीको सहज जित, आर्सनल रेनिससँग ३-१ गोल अन्तरले पराजित

Facebook Link

युइएफए युरोपा लिग फुटबलमा इटालियन क्लब नेपोलीले सहज जित निकाल्दा इंग्लिस क्लब आर्सनलले लज्जास्पद हार बेहोरेको छ ।

युरोपा लिग अन्तरगतको प्रि-क्वाटरफाइनलको पहिलो लेगमा नेपोलीले अष्ट्रियाको साल्जवर्गलाई ३-० ले पराजित गरेको हो । नेपोलीको सहज जितमा अर्कडिउज र फावियनले गोल गरे भने एक गोल उपहार पाएको थियो ।

घरेलु मैदानमा गएराति भएको खेलमा १०औं मिनेटमा अर्कडिउजको गोलबाट नेपोलीले खेलमा अग्रता बनाएको थियो । १८औं मिनेटमा फावियनले जोसे मारिया कालेजोनका पासमा गोल गर्दै अग्रता दोब्बर बनायो । ५८औं मिनेटमा जेरोमीले आत्मघाती गोल गरेपछि नेपोली ३-० ले अघि बढ्यो ।

त्यसपछि थप गोल निस्कन नसक्दा नेपोली ३-० ले विजयी हुन सफल भयो । युरोपा लिगकै अर्को खेलमा १० खेलाडीमा समेटिएको इंग्लिस क्लब आर्सनलले फ्रेन्च क्लब रेनिससँग ३-१ को लज्जास्पद हार ब्यहोरेको छ । रेनिसको मैदानमा आर्सनलले खेलको चौथो मिनेटमा एलेक्स इओवीको गोलबाट अग्रता बनाएको थियो । ४१औं मिनेटमा आर्सनल १० खेलाडीमा समेटिन पुग्यो ।

सोक्रेट्स दोहोरो पहेलो कार्ड खादै मैदान बाहिरिए । ४२औं मिनेटमा बेन्जामिनले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए । ६५औं मिनेटमा नाचो मोनरियलले आत्मघाती गोल गरेपछि घरेलु टोलीले खेलमा २-१ को अग्रता बनायो । ८८औं मिनेटमा इस्मैला सारले गोल गर्दै रेनिसलाई ३-१ को जित दिलाए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...