Health Ad
YouTube Link

युइएफए युरोपा लिगमा नेपोलीको सहज जित, आर्सनल रेनिससँग ३-१ गोल अन्तरले पराजित

Khanepani Dhal
Facebook Link

युइएफए युरोपा लिग फुटबलमा इटालियन क्लब नेपोलीले सहज जित निकाल्दा इंग्लिस क्लब आर्सनलले लज्जास्पद हार बेहोरेको छ ।

युरोपा लिग अन्तरगतको प्रि-क्वाटरफाइनलको पहिलो लेगमा नेपोलीले अष्ट्रियाको साल्जवर्गलाई ३-० ले पराजित गरेको हो । नेपोलीको सहज जितमा अर्कडिउज र फावियनले गोल गरे भने एक गोल उपहार पाएको थियो ।

घरेलु मैदानमा गएराति भएको खेलमा १०औं मिनेटमा अर्कडिउजको गोलबाट नेपोलीले खेलमा अग्रता बनाएको थियो । १८औं मिनेटमा फावियनले जोसे मारिया कालेजोनका पासमा गोल गर्दै अग्रता दोब्बर बनायो । ५८औं मिनेटमा जेरोमीले आत्मघाती गोल गरेपछि नेपोली ३-० ले अघि बढ्यो ।

त्यसपछि थप गोल निस्कन नसक्दा नेपोली ३-० ले विजयी हुन सफल भयो । युरोपा लिगकै अर्को खेलमा १० खेलाडीमा समेटिएको इंग्लिस क्लब आर्सनलले फ्रेन्च क्लब रेनिससँग ३-१ को लज्जास्पद हार ब्यहोरेको छ । रेनिसको मैदानमा आर्सनलले खेलको चौथो मिनेटमा एलेक्स इओवीको गोलबाट अग्रता बनाएको थियो । ४१औं मिनेटमा आर्सनल १० खेलाडीमा समेटिन पुग्यो ।

सोक्रेट्स दोहोरो पहेलो कार्ड खादै मैदान बाहिरिए । ४२औं मिनेटमा बेन्जामिनले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए । ६५औं मिनेटमा नाचो मोनरियलले आत्मघाती गोल गरेपछि घरेलु टोलीले खेलमा २-१ को अग्रता बनायो । ८८औं मिनेटमा इस्मैला सारले गोल गर्दै रेनिसलाई ३-१ को जित दिलाए ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
आठ सदस्यीयको टोलि लिएर शंकर भुजेल सिक्किम प्रस्थान

आठ सदस्यीयको टोलि लिएर शंकर भुजेल सिक्किम प्रस्थान

वि.सं.२०८२ वैशाख २ मंगलवार १७:१४

काठमाडौं: सिक्किम एमेचर उसु संघको आयोजना हुन लागेको उसु प्रो...

कुवेतविरुद्धको जितसँगै नेपालको लगातार दोस्रो जित

कुवेतविरुद्धको जितसँगै नेपालको लगातार दोस्रो जित

वि.सं.२०८१ चैत २८ बिहीवार १०:४८

काठमाडौं: नेपालले चारदेशिय टी-२० सिरिजमा लगातार दोस्रो जित निकालेको छ...

कतारमाथि ८ विकेटको जित निकाल्दै नेपालको विजयी सुरुवात

कतारमाथि ८ विकेटको जित निकाल्दै नेपालको विजयी सुरुवात

वि.सं.२०८१ चैत २७ बुधवार १०:१२

काठमाडौं: हङकङमा जारी चार देशीय टी-२०आई सिरिजमा नेपालले विजयी सुरुवात...

अन्जना राना मगरले अब विभागीय टोली एपिएफबाट खेल्ने

अन्जना राना मगरले अब विभागीय टोली एपिएफबाट खेल्ने

वि.सं.२०८१ चैत २५ सोमवार १५:४१

काठमाडौं: नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक अन्जना राना मगरले...

रोहित पौडेलको कप्तानीमा टी-२० आई सिरिज खेल्ने टोलीको घोषणा

रोहित पौडेलको कप्तानीमा टी-२० आई सिरिज खेल्ने टोलीको घोषणा

वि.सं.२०८१ चैत २३ शनिवार १३:२४

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेलको कप्तानीमा हङकङमा हुने...

एन्फा कार्यसमितिको बैठक बस्दै, यस्ता छन् बैठकका एजेन्डा

एन्फा कार्यसमितिको बैठक बस्दै, यस्ता छन् बैठकका एजेन्डा

वि.सं.२०८१ चैत १२ मंगलवार ११:२५

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक आज ...