जर्मन क्लब आरबी लिपजिगसँग टोटनहम पराजित
वि.सं.२०७६ फागुन ८ बिहीवार ०७:३६
1.2K
shares
एजेन्सीः च्याम्पियन्स लिग फुटबलमा टोटनहमले अप्रत्यासीत हार ब्यहोरेको छ । बुधबार राति भएको पहिलो लेगको खेलमा टोटेनहमलाई जर्मन क्लब आरबी लिपजिगले १–० ले हराएको छ ।
घरेलु मैदानमै पहिलो लेगको खेलमा पराजित भएपछि टोटेनहमको अघिल्लो चरण प्रवेशको सम्भावना कठिन बनेको छ । खेलको ५८औं मिनेटमा टिमो वार्नरले पेनाल्टीमा गरेको गोल लिपजिगलाई पहिलो लेगमा जित दिलाए । कप्तान ह्यारी केन र सन ह्युङ मिनलाई चोटका कारण गुमाएको टोटेनहमले जर्मन क्लबबिरुद्व जित निकाल्न सकेन । पहिलो लेगमा जर्मन क्लबले प्रभावशाली प्रर्दशन गर्दै टोटेनहमबिरुद्व आक्रमक खेल पस्किएको थियो । दोस्रो लेगको खेल लिपजिगको घरेलु मैदानमा हुनेछ ।
वि.सं.२०७६ फागुन ८ बिहीवार ०७:३६



















