नेपाली क्रिकेट टिमको जिम्मेवारीबाट हट्ने मुख्य प्रशिक्षक उमेश पटवालको घोषणा
वि.सं.२०७६ माघ २१ मंगलवार ०७:१९
1.2K
shares
काठमाडौं: नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक उमेश पटवालले जिम्मेवारीबाट हट्ने घोषणा गरेका छन् । प्रशिक्षक पटवालले दुईदिनपछि काठमाडौंमा सुरु हुने नेपाल, ओमान र अमेरिकाको सिरिज सकिएसँगै लागू हुने गरी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीमा राजीनामा बुझाएका हुन् ।
विश्वकप लिग टूमा नेपालको पहिलो सिरिज घरेलु मैदान कीर्तिपुरमा हुनेछ । पटवाल गत जेठमा एक वर्षका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । नेपाल क्रिकेट संघ निलम्बनमा रहेका बेला राष्ट्रिय खेलकुद परिषद् राखेपको पहलमा आईसीसीले उनलाई मासिक ७ हजार डलर तलब दिने गरी मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो । तर उनले ८ महिनामै राजीनामा दिएका छन् ।
मुख्य प्रशिक्षक बनेपछि पटवालले २०२० मा अष्ट्रेलियामा हुने टी-२० विश्वकपमा नेपाललाई पुर्याउने लक्ष्य सुनाएका थिए । तर साउनमा सिंगापुरमा भएको भएको टी-२० को विश्वकप छनोटको एसिया फाइनलमा नै नेपाल चुक्यो ।
वि.सं.२०७६ माघ २१ मंगलवार ०७:१९




















