अमेरिकाले म्यानमारसहित ६ मुलुकका लागि भिसा प्रतिबन्ध लगाउने घोषणा
वि.सं.२०७६ माघ २१ मंगलवार ०७:१८
1.3K
shares
एजेन्सीः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले म्यानमार सहित ६ मुलुकका लागि भिसा प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । अमेरिकाले एक विज्ञप्ति जारी गर्दै म्यानमारसहित ६ देशका नागरिकमाथि अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने घोषणा गरेको हो ।
विज्ञप्तिमा जनाइए अनुसार म्यानमार, इरिटेरिया, क्रिग्रिस्तान, नाइजेरिया, सुडान र तान्जिनियामाथि भिसा प्रतिबन्ध लगाउने घोषणामा राष्ट्रपति ट्रम्पले हस्ताक्षर गरेका हुन् । भिसा प्रतिबन्ध लागेसँगै अमेरिकी सरकारले अन्य देशहरुमा समेत यस्तो निर्णय गर्न सक्ने बताइएको छ । आप्रवासीका लागि योग्य हुनेले भने भिसा प्राप्त गर्नसक्ने विज्ञप्तिमा उल्लेख छ । अमेरिकाले हाल आफ्ना देशमा प्रवेश गर्ने नीतिलाई थप कडाई गर्न थालेको छ ।
वि.सं.२०७६ माघ २१ मंगलवार ०७:१८




















